ठुला दलका नेताहरुमा देखिएको जंगबहादुर शैली – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

ठुला दलका नेताहरुमा देखिएको जंगबहादुर शैली

नयाँ संविधान कार्यान्वयनमा आएपछि भुरे, टाकुरे, च्याखे र अतिवादीहरुको पार्टीहरु विर्सजनतिर गएका छन् । केही भुरे, टाकुरे पार्टीका नेताहरुले सत्ताको लोभमा ठुला पार्टीमा आफ्ना पार्टीलाई विर्सजन गराएका छन् । नयाँ–नयाँ विषयवस्तु र जनतालाई छाप पार्ने खालका निति अबलम्बन गरी तत्काल अब पार्टी निर्माण हुन कठिन नै छ ।

तर लोकतन्त्रका हिमायती र लामो जनविद्रोह र जनताको बहुदलीय जनवादको नाममा निर्माण भएको र शासन सत्ता समेत पटक–पटक सम्हाली सकेका ठूला दलको आन्तरिक लोकतन्त्र भने राणा शानकालका जगंबहादुरको शासन शैली भन्दा पनि बढी क्रुर हुँदै गएको छ ।

वर्तमान अवस्थामा ठूला दुई दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस, नेपालको राजनीतिक केन्द्र बिन्दुमा रहेको हुँदा ति दलमा देखिएको आन्तरिक गुटबन्दीका कारण सिंगो लोकतन्त्रलाई धक्का परेको छ । आफ्नो पार्टीभित्र लोकतान्त्रिक प्रणाली अपनाउन नसक्नेले सिंगो देशलाई कसरी लोकतान्त्रिक प्रणालीमा हिँडाउन सक्ला ? नयाँ संविधानले कल्पना गरे अनुसारको संरचनाको संरक्षण कसरी होला ?

दुई ठूला दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी र सरकारभित्र पनि विवादै विवाद सुरु भएको छ । सिंगो नेतृत्वप्रति स्थायी कमिटी सदस्यहरुले चुनौति दिई रहेका छन् । कुनै महाअधिवेशनको म्याण्डेट बिना दुई–दुई वटा अध्यक्ष र देशको कार्यकारी पद सम्हालेपछि पार्टीभित्रको आन्तरिक लोकतन्त्र जंगबहादुर शैलीमा चलाएको भन्दै आक्रोश बढ्दै गएको देखिन्छ ।

अहिले त्यो पार्टीभित्र सरकार र पार्टीमा बस्ने नेताहरुप्रति ग्रासरुटदेखि केन्द्रीय स्तरका नेतासमेत काम विहिन हुँदै गएका छन् । स्थायी समितिको बैठकमै नेतृत्व छाड्न दबाब दिएका छन् भने सरकारमा सहभागी मन्त्रीहरुलाई समेत पदमुक्त गर्नुपर्ने आवाज उठिरहेको छ । त्यसैले विना आधार विना महाअधिवेशन प्रक्रिया र विधि–विधान मिचेर बनेका दुई अध्यक्षमाथि केन्द्रीय नेताहरु आक्रामक हुनु स्वाभाविक हो । उनीहरु जगंबहादुर शैलीमा पार्टी र सरकार चलाइरहेको मन पराइ रहेका छैनन् ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टीको महासमितिको बैठक नेपालको संविधानअनुसार संरचना तयार पार्नका लागि बोलाइएको भएता पनि नेतृत्वका कारण अधिकांश महासमितिका सदस्यहरु निराश भएका छन् । इतिहासदेखि नेतृत्वदायी भूमिका खेल्दै आएको काँग्रेस यतिखेर पार्टीको आन्तरिक कलहमा रुमलिएको छ । केन्द्रीय नेतृत्वमा पुुगिसकेका व्यक्तिहरु ग्रासरुटदेखि तर्सिएर आन्तरिक प्रतिस्पर्धामा डराइरहेको देखिन्छ । नेतृत्वमा बस्नेहरुले जंगबहादुर शैलीमा पार्टी चलाएको भन्दै महासमितिको सदस्यहरुसमेत आक्रोश हुँदै जिल्ला फर्केका छन् ।

लोकतन्त्रको हिमायती ठान्ने पार्टी आन्तरिक लोकतन्त्रमा भने चुक्दै गएको देखिन्छ । अहिले काँग्रेसभित्र व्यक्तिवादी हावी हुँदै गुट र उपगुटमा झाँगिदै गएका कारण नेतृत्वमा बस्ने व्यक्ति सँधै पार्टीको नेतृत्वमा विराजमान हुन कस्सिएको देखिन्छ । यसरी दुई ठुला पार्टी सञ्चालनमा देखिएको बिचलनले कतै लोकतन्त्रमाथि नै खतरा त हुने होइन ?

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ पुष ९, ०७: ५३

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ पुष ९, ०७: ५३

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ पुष ९, ०७: ५३

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...