
गएको हप्ता एउटा निकै दुखद् घटना घट्यो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लगायत ७ जनाको हेलिकोप्टर दुर्घटनाबाट निधन भएको छ । ताप्लेजुङ्गमा भएको उक्त दुर्घटना अकल्पनिय र कहालीलाग्दो रह्यो । एउटा उज्वल राजनीतिका युवा व्यक्तित्वलाई देशले गुमायो । फोहोरी राजनीतिलाई सुुुद्ध पार्न कम्मर कसेर लागेका नेता रविन्द्र अधिकारीको अल्पायु निधनले पुरै देश शोकमग्न बन्यो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लगायत सातै जना व्यक्ति युवा शक्तिका संवाहक हुँदाहुँदै उनीहरुको अकालमै निधन भएको छ । उनीहरु सदाका लागि यो संसारबाट विदा भएका छन् । युवा नेता रविन्द्र अधिकारी सबैको प्यारो रहेका कारण पुरै नेपाली समाज स्तब्ध भएको छ । सामाजिक सञ्जाल नै भावविह्वल भएको छ ।
नेपाली राजनीतिका उदियमान एउटा युवाले बीचैमानै विश्राम लिएका छन् । नेपाली राजनीतिमा तीन पुस्ताले एउटै व्यक्तिलाई मतदान गर्नुपर्ने बाध्यताले नयाँ युवाहरुको जमात राजनीतिमा कमै प्रवेश गरेको देखिन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी जस्ता युवाको जोश जाँगरलाई सबै नेपालीहरुले होस्टेमा हैस्य गरिरहेको यस अवस्थामा उनले बीचैमा यो संसारबाट विदा लिएका कारण पनि धेरै नेपालीको सहानुभूति रहेको हुनुपर्छ यो घटनाप्रति ।
राजनीतिमा युवाहरुको प्रवेश तथा विदेशियका यूवाहरुलाई समेत नेपालमा बसेर देशको उन्नती गराउन लाग्नुपर्ने प्रेरणाका स्रोतको एउटा अभियन्ताको विश्रामले नेपाली युवाहरुलाई चिन्तित बनाएको छ ।
त्यस्तै अर्का नवयुवा प्रभाकर के.सी पाइलटको पनि अकालमा निधन भएको छ । सानै उमेरमा नै सफल पाईलट के.सीको निधनले हवाई क्षेत्रमा निकै ठूलो अपुणनीय क्षति भएको छ । त्यसैगरी निजी हवाई क्षेत्रका प्रमुख व्यक्ति आङछिरिङ शेर्पाको पनि यो दुर्घटनामा निधन भएको छ । त्यसैगरी उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र उड्डयन प्राधिकरणका निर्देशक धुव्र भोछिभोया, नेपाली सेनाका जमदार तथा पर्यटनमन्त्रीका अंगरक्षक अर्जुन घिमिरे सहित सात जनाकै अकल्पनीय निधनले सबै क्षेत्रलाई स्तब्ध बनायो । हवाई क्षेत्रमा अतुलनीय क्षति पुग्न गएको छ ।
त्यसैगरी हवाई क्षेत्रका उच्चतहका कर्मचारी, इन्जिनीयर, योजनाकार सुरक्षाकर्मी जस्ता होनाहार व्यक्तित्वको निधनले समाजलाई मात्र नभएर देशलेनै ठूलो क्षति व्यहोर्नु परेको छ । यस्तो अकल्पनीय, अशोभनीय र अपत्यारिलो दुर्घटना किन र कसरी हुन गयो ? अध्ययन र यथार्थ चित्रण गरिनुपर्दछ । किनकी उक्त घटना निकै हतारको कारण भएको हो की भन्ने यावत् आंशका उठेका छन् । बारम्बार निरिक्षण गर्न जानुपर्ने दबाब, मौसमको अनुकुलता, बढी क्षमता जस्ता हवाई क्षेत्रमा गर्न नहुने कामलाई बल मिचाई गर्न कसले उक्सायो ? अहिले जनमानसमा उब्जेको प्रतिप्रश्न यही छ ।
हतार गर्दा क्षति हुँदो रहेछ भन्ने जानकारी सबैका हुन जरुरी छ । उक्त हेलिकोप्टर दुर्घटना हुनुमा विमानस्थल बनाउने चटारो गर्नालेनै रविन्द्र जस्ता अरु ६ जनाको अकालमा निधन भएको छ । खाली विकास र समृद्धि भनेर बढी चटारो गर्दा कतै रविन्द्र जस्ता अन्य युवाहरुको पनि यसरी नै अर्को दुर्घटना निम्तिन सक्ने खतराबाट सबै तप्काका व्यक्तिहरुको संयममता र धैर्यता हुन अति जरुरी छ । त्यसैले हेलिकोप्टर दुर्घटनाबाट उब्जेको यावत जन सरोकारका विषयलाई समयमा नै उचित जवाफको खोजी गर्नु अहिलेको तड्कारो विषय हो ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...