
नेपालको वर्तमान राजनीति निकै लामो संघर्ष र हजारौं नेपाली शहिदहरुको बलिदानीबाट प्राप्त भएको हो । नेपालको राजनीतिक इतिहासलाई पल्टाउँदा २००७ देखि २०६२÷२०६३ को दोस्रो जनआन्दोलन सम्ममा राजनीतिक दलको भन्दा नेपाली जनताको अह्म भूमिका रहेको छ ।
तर नेपालका ठुला राजनीतिक दलहरुमा देखिएको अह्म र अर्कमण्यताले राजनीतिलाई दुषित बनाउन थालेको छ । ठुला दलभित्र एकाधिकार सोंच र सँधै सोख, सुविधा, पदलिप्साका कारण दलभित्रको आन्तरिक प्रतिस्पर्धामा देखिएको एकाधिकारलाई आम जनताले मन पराइरहेका छैनन् । नेपालको राजनीतिक दलहरुमा ठुला नेताहरुको सुःख सयल, सुविधा, पदलिप्साका कारण आफ्नै पार्टीभित्रका कार्यकर्ताहरु भौतारिन थालेका छन् ।
नेपालको संविधानअनुसार राज्य सञ्चालन गरेजस्तै राजनीतिक दलहरुले पनि पार्टीलाई विधानअनुसार चलाउनुपर्नेमा आफुखुशी व्याख्या र पार्टी नियन्त्रण गर्ने परीपार्टीका कारण युवाहरुको जमात राजनीतिदेखि टाढिन थालेका छन् ।
वर्षेनी लाखौं नेपाली युवाहरु विदेश पलायन भईरहेको अवस्थामा पनि नेपालको राजनीतिलाई सुदृढिकरण र पारदर्शी बनाउन नसकेको यर्थातता हामीमाझ छँदैछ । तथापि नेपालका ठुला दलका ठुला नेताहरुले भाषण र व्यवहारमा छुट्टाछुट्टै व्यवहार गरेका कारण नवयुवाहरुले नेपाली राजनीतिलाई सहज रुपमा स्वीकार गर्न सकिरहेका छैनन् ।
जसरी ठुला दलका ठुला नेताहरुले आफुलाई पारदर्शी बनाउन सकिरहेका छैनन्, त्यसरीनै युवाशक्तिहरु विदेश पलायन हुँदै गइरहेका छन् । पछिल्लो समय नेपालको ठुला दलको आन्तरिक व्यवस्थापनमा देखिएको कलहका कारण भइरहेका कार्यकर्ताहरुमा राजनीतिक दलदेखि बितृष्णा पैदा हुने र नयाँ सोंच र विचार भएका व्यक्तिहरुको खडेरी पर्ने अवस्थाले कतै राजनीतिक दुर्घटना त हुँदैन भन्ने आशंका उब्जिएको छ ।
ठुला दलभित्र लोकतान्त्रिक प्रतिस्पर्धामा देखिएको वितृष्णाले लोकतान्त्रिक मूल्य(मान्यतामानै खलल पु¥याएको छ । यसको उदाहरण हालैमात्र काँग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई लिन सकिन्छ । सबैभन्दा ठुलो पार्टीहरुको जग भनेको महासमितिको बैठकले दिएको म्याण्डेड समेत केन्द्रीय नेताहरुले आफु अनूकुल व्याख्या गरेर पार्टी विधान समेत आफु अनूकुल बनाउने रणनीतिले सोही पार्टीका कार्यकर्तामा समेत वितृष्णा पैदा हुँदै जानेछ ।
त्यसैगरी हालै नेपाल कम्युनिष्ट पार्टीको ठुला नेताहरुले सि.के राउतलाई मूलधारको राजनीतिमा लेराउँदा गरिएको व्यवहार पनि त्यस्तै भएका कारण उक्त पार्टीभित्र पनि व्यापक असन्तोष पैदा भएको छ । ठुला पार्टीका ठुला केही नेताहरु मिलेर गरिएको निर्णयले पार्टीभित्र भुषको आगोझैं कार्यकर्तामा आक्रोस सल्किएको छ ।
सामुहिक निर्णयलाई लतार्दै ठुला नेताले आफ्नो पदको अवमूल्यन गर्ने परिपार्टीले पार्टीलाई त बिगार्छ, बिगार्छ सिंगो मुलुकको राजनीतिनै कतातिर जाँदैछ भन्ने आंशका पैदा हुन थालेको छ । त्यसैले सामुहिकको भावनालाई ठुला दलहरुले अगांल्न सकेमात्र सिंगो मुलुकको विकासमा कहिकतैबाट बाधा आउँदैन ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...