
नयाँ विकल्प,
काठमाडौं – ल्याण्डफिल साइटमा पुग्ने सडक मर्मतका क्रममा रहेका कारण काठमाडौं महानगरपालिकाले एक हप्ताका लागि फोहोर उठाउन नसक्ने भएको छ । बञ्चरेडाँडा पुग्ने करिब दुई किलोमिटर सडक मर्मत कार्य भइरहेकोले त्यहाँ सम्पूर्ण सवारी साधन आवत–जावतमा करिब एक साताका लागि रोक लगाइएको छ । उपत्यकाबाट दैनिक १ हजार २ समय मेट्रिक टन फोहोर निस्किँदै आएको छ । जुन व्यवस्थापनका लागि झण्डै २०० ट्रकमार्फत सिस्डोल पुग्ने गर्दछ । एक हप्ताका लागि फोहोर नउठ्ने भएपछि उपत्यकाबासीमा महानगरप्रति आक्रोशित बनेका छन् । तर, हामीले कहिल्यै सोचेका छौं कि फोहोर व्यवस्थापन हामीले भान्छाबाटै गर्न सक्छौं जसको लागि महानगरको मुख ताकिरहन पर्दैन । गत महिना महानगरपालिकाको कार्यालयले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको थियो । जसअनुसार कुहिने फोहोर र नकुहिने फोहोर उठाउने दिनसमेत तोकिसकेको छ । हामीले पनि त्यसरी फोहोर व्यवस्थापन हाम्रा भान्छामै गर्ने गरेको खण्डमा उपत्यकामा दैनिक करिब १२०० मेट्रिक टनको फोहोरको डंगुर सिस्डोलबासीले न त हेर्नुपथ्र्याे न त त्यसको असर खेप्नुपथ्र्याे ।
फोहोर व्यवस्थापन केबल महानगरपालिकाले मात्रै पाएको ठेक्का होइन । फोहोर जसले गरेको हो उसैले सफा गर्नुपर्छ भन्ने ज्ञान हामी सकेसम्म सबैजनालाई दिने गर्दछौं तर काठमाडौंबासीले गरेको फोहोर सधैंभरि सिस्डोलबासीले किन व्यहोरुन् ? महानगरपालिकाले आग्रह गरेअनुसार फोहोरलाई कुहिने र नकुहिने गरी घरबाटै व्यवस्थापन गर्ने ग¥यौं भने काठमाडौंका सडक–गल्लीमा फोहोर थुप्रिन आफै कम हुँदै जान्छ । कुहिने फोहोरलाई व्यवस्थापन गर्ने अनेकौं तरिका छन् । प्रविधिको जमाना छ । घण्टौं सामाजिक सञ्जालमा अरुको चियो–चर्चाे गर्नुभन्दा धरमै फोहोर व्यवस्थापन गर्न सकिने सजिला विधिहरु जानौं र विधि अपनाऔं पनि । फोहोरको डंगुर देखेर महानगरपालिकालाई गाली गर्नुभन्दा आफ्नो तहबाट के गर्न सकिन्छ भनेर सोचौं र भान्छाबाटै फोहोरको व्यवस्थापन गरौं । त्यतिमात्रै नभई आफ्नो वडास्तरमै पनि पहल गरेर फोहोर व्यवस्थापन महानगरपालिकाको मात्रै जिम्मा नभई वडाका पदाधिकारीहरुलाई पनि सचेत बनाउन सकिन्छ । महानगरपालिकाले तपाईं हामीले गरेका फोहोर व्यवस्थापनको लागि सहजीकरण मात्र गरिदिएको हो जिम्मेवारी हाम्रै हो । तसर्थ, फोहोर व्यवस्थापन गर्ने कुरामा सरकारको मुख ताक्नुभन्दा आफ्ना भान्छा कोठाबाटै व्यवस्थापन गर्न थालौं । आफ्नो ठाउँ आफै सफा राखौं ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...