मिडिया काउन्सिल विद्येयक फिर्ता गर ! – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

मिडिया काउन्सिल विद्येयक फिर्ता गर !

सरकारले यही बैशाख २६ गते संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विद्येयकले सिंगो नेपाली सञ्चार जगत्लाई स्तब्ध बनाएको छ । जुन रुपमा सरकारले विद्येयक संसद्मा दर्ता गरायो सो विद्येयकले स्वतन्त्र प्रेस मात्र नभएर लोकतन्त्रनै खतरामा पर्ने चिन्ता बढेको छ । किनकी लोकतन्त्रमा मात्र स्वतन्त्र प्रेस रहन्छ, अन्यथा अधिनायकवादको जन्म हुन्छ भन्ने विश्वव्यापी मान्यतालाई सरकारले सुनिरहेको छैन ।

सरकारले लेराउन लागेको तीनवटा विद्येयक अहिले विवादको भुमरीमा परेको छ । सुरक्षा सम्बन्धि विद्येयक, मानवअधिकार विद्येयक, मिडिया काउन्सिल विद्येयकले सिंगो नेपाली आमसञ्चार क्षेत्रलाई आक्रोशित बनाएको छ । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विद्येयकभित्र पत्रकारलाई लाखौं जरीवाना गर्ने, पन्ध्रौ वर्ष कैद गर्नेजस्ता कुराले मात्र नभई मिडिया काउन्सिल माथिनै सरकारले नियन्त्रण गर्नसक्ने प्रावधानले काउन्सिल स्वतन्त्र नभै सरकार नियन्त्रित हुने कुरा प्रष्ट छ ।

वर्तमान अवस्थामा भइरहेको प्रेस काउन्सिल नेपाललाई समेत अझ बढी स्वतन्त्र र पारदर्शी बनाउने प्रयासमा लागिरहेको अवस्थामा प्रेस काउन्सिलनै विघटन गरी मिडिया काउन्सिलको निर्माणसँगै सरकार नियन्त्रित र नियुक्तिले स्वतन्त्र प्रेसको कल्पना गर्नु भनेको उल्टो बाटो हिँड्नु जस्तै हो । शाही कालमा विभिन्न तत्कालीन ऐनको व्याख्या गर्दै प्रेसलाई नियन्त्रण गर्न खोजिएको थियो । त्यसरीनै सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको नेपाली सञ्चार जगत्को ठहर छ ।

यो विद्येयकका विरुद्ध राजनैतिक दल, सदन हुँदै सडकसम्म सञ्चार जगत् पुग्दा दोस्रो जनआन्दोलनमा उल्लेखनीय भुमिका खेलेको नागरिक समाज समेत सडकमा आई सकेको छ । त्यसले गर्दा सिंगो लोकतन्त्रमाथि प्रहार भएको नागरिक समाजको औंल्याएको छ ।
सिंगो नेपाली प्रेसले आवाज उठाउँदै सडक र सदनमा समेत आवाज बुलन्द गरिरहँदा सरकार उल्टै छलफलमै नआएको विद्येयकमा कोलाहल गर्नु आवश्यक छैन भन्दै टालटुले नीति लिँदै लुसुक्क संसद्बाट मिडिया काउन्सिल विद्येयक पास गर्ने रणनीतिमा लागेका कारण सिंगो नेपाली सञ्चार जगत्ले फेरीपनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

संसद्मा पेस गरेको मिडिया काउन्सिल विरुद्ध नागरिक समाज, मानवअधिकारकर्मी लगायत सम्पूर्ण संघ–संस्थाहरुको एउटै आवाजलाई वर्तमान सरकारले नजर अन्दाज गर्नु भनेको अधिनायकवादको भुत चढेजस्तै हो ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ जेष्ठ ६, ०८: २०

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ जेष्ठ ६, ०८: २०

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ जेष्ठ ६, ०८: २०

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...