
भर्खरैमात्र भारतको आमनिर्वाचन सम्पन्न भएको छ । विभिन्न अड्कल बाजीका बाबजुत पुनः भारतमा भारतीय जनता पार्टीको नेतृत्वलेनै सरकार बनाउने पक्का भएको छ । भारतीय जनता पार्टीको नेतृत्वकर्ता नरेन्द्र मोदीले पुनः बहुमत पाएर सरकार बनाइरहँदा भारतको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।
भारतको लोकसभा निर्वाचनको परिणामपश्चात् नेपालमा पनि विभिन्न खाले राजनीतिक अड्कल बाजी सुरु भएको छ । विश्वमा आएको परिवर्तन सँगसँगै विश्वको राजनीतिक परिवर्तनमा बहुमत प्राप्त दलले सरकार चलाइ सकेपछि पनि सोही पार्टी सत्तासिन हुन कम मेहनतले हुने कुरा होइन । भारतीय जनता पार्टीको नेतृत्वकर्ता नरेन्द्र मोदीले यसभन्दा अगाडि सरकारको बागडोर सम्हालीरहँदा विशेषगरी तिन कुरामा मोदी सरकारले जोड दिएको कारण पनि पुनः सत्तासिन हुन पुगेको देखिन्छ ।
जसमा पहिलो रोजगारी तथा किसानलाई राहात पु¥याउने कार्यले मोदी सरकार निकै लोकप्रिय बन्न पुग्यो । दोस्रो कुरा राष्ट्रियताको सवालमा मोदी सरकार निकै अब्बल भएको देखियो । राष्ट्रिय मुद्धा उठ्दा मोदी सरकारले कहिल्यै पनि दोहोरो चरित्र देखाएन । त्यसैले पनि मोदी सरकार राष्ट्रियताको सवालमा अरुभन्दा अब्बल भएको प्रमाणित भयो ।
तेस्रो कुरा भनेको पाकिस्तानसँग झण्डैझण्डै लडाईं सुरु भइसकेको अवस्थामा पनि मोदी सरकारले पाकिस्तानविरुद्ध कडा रुपले प्रस्तुत हुँदा भारतीय जनताले यो विषयमा मोदी सरकारलाईनै जनताले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याइरहेकाले मोदी सरकार पाकिस्तानसँगको विवादमा सफल हुन सक्यो । पाकिस्तानको विवादपछि राष्ट्रिय मुद्धामा मोदी सरकारले लिएको अडान ठिक रहेछ भन्ने कुरा प्रमाणित गरेर देखायो मोदी सरकारले ।
त्यसैले सरकारमा गएर राज्य चलाउने पार्टीले सँधै जनताको सेवकका रुपमा आफुलाई प्रस्तुत गर्न सकेमात्र लोकप्रिय हुन सकिन्छ भन्ने कुरा भारतको आमनिर्वाचनले देखाएको छ । राजनीतिक दलहरुले खोक्रो आस्वासन र नाराले मात्र जनताले विश्वास गर्दैनन् भन्ने कुरा भारतको आमनिर्वाचनमा भारतीय जनता पार्टीले बहुमतबाट सावित हुन्छ ।
त्यसैले सँधै झुठो बोलेर, जनतालाई झुक्याएर लिएको मत लामो समय टिक्दैन भन्ने कुराको प्रमाणित यस पटकको भारतीय निर्वाचनले देखाएको छ । यसभन्दा अगाडिको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल समेत बन्न असफल भएको कँग्रेस आइ यसपटक पनि उल्लेखनीय सुधार नहुँदा प्रमुख प्रतिपक्षी दल बन्न असफलनै भयो । यसभन्दा अगाडिको निर्वाचन लगतै कँग्रेस आइले युवा पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गरेर राहुन गान्धीलाई नेतृत्व सुम्पेको थियो । तरपनि निर्वाचनमा युवा नेता राहुल गान्धीको नेतृत्व सफल हुन सकेन ।
कँग्रेस आइले पुस्तौनी हात पारीरहेको निर्वाचन क्षेत्रसमेत गुम्न पुग्यो । राजनीतिक इमान्दारीताको कदर गर्दै युवा नेता राहुल गान्धीले पार्टी नेतृत्वबाट राजीनामा दिए । राजनीतिक इमान्दारीता देखाउनु पनि ठुलो कुरा हो । उनले देखाएको इमान्दारीतालाई अन्य मुलुकका नेताहरुले पनि अनुसरण गर्नसके मात्र राजनीतिमा इमान्दारीताको कदर हुनेछ । त्यसैले राजनीतिमा सक्षम, इमान्दारीता, बुद्धीमता तथा अन्तर्राष्ट्रिय जगतको समेत विश्वास लिन सकेमात्र राजनीतिमा सफल हुने कुराको सन्देश भारतीय आमनिर्वाचनले देखाएको छ ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...