विवादित विद्येयक फिर्ता गर ! – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

विवादित विद्येयक फिर्ता गर !

आम निर्वाचनपछि बनेको नेकपाको सरकारले संविधान अनुसार नयाँ कानुन निर्माण गर्ने दायित्व भएता पनि जनताको चाहना अनुसार नै नीति निर्माण गर्ने र ऐन बनाउने काम गरेमा मात्र जनचाहनाको कदर गरेको ठहर्छ ।

सरकार निर्माण भएदेखी विवादमा पर्दै आएको नेकपाको नेतृत्वले पेस गरेका सबैजसो विद्येयकहरु निकै विवादित बन्दै गएका छन् । सरकारले संसदमा पेस गरेको मानवअधिकार विद्येयकदेखी सुरक्षा निकाय विद्येयक हुँदै मिडिया काउन्सिल विद्येयकले अहिले मुलुक पुनः अशान्ति फैलिने चर्चा चलिरहेको छ ।

त्यसैगरी अहिले गुठी विद्येयकले उपत्यकामा विभिन्न समुदायहरु एकत्रित हुँदै विद्येयकका बारेमा निकै ठुलो आन्दोलन अगाडि बढाउने चेतावनी दिइरहेका छन् । तर सरकार टसमस नगरीकन सरकारवालासँग कुनै छलफल गर्दै नगरी पेस भएको विद्येयक बचाउको अभियानमा लागेको छ । सरकार निर्माण हुँदा गरेका प्रतिबद्धताहरु पनि भटाभट फिर्ता लिएको अवस्था छ भने मन्त्री परिषद्बाट भएको निर्णय पनि दुई घण्टा नबित्दै फिर्ता लिन बाध्य छ सरकार ।

दुइतिहाइको सरकारले गर्ने काम यस्तै हो ? सरकारले गरेका धेरैजसो निर्णयहरु विवादित हुँदै गएका कारण जनता आक्रोसित हुँदै गइरहेका छन् भने सरकार त्यतिनै आलोचित हुँदै गइरहेको छ । सरकारले दुइतिहाइको दम्भ देखायो भन्ने प्रतिपक्षीको आरोप अहिले आएर प्रमाणित हुँदै गइरहेको छ । मिडिया काउन्सिल विद्येयकका विरुद्ध देशभरका तेह्र हजार पत्रकारहरु सडकमा उत्रिदा पनि सरकार उल्टै सञ्चारकर्मीहरुलाई लाञ्छना लाउन समेत पछि परेको छैन ।

यसरी प्रत्येक निर्णय र विद्येयकका विरुद्ध दिनप्रतिदिन सदन, सडक समेत तताउने काम सरकारलेनै गरिरहेको छ । कुनैपनि क्षेत्र सरकारको काम कारवाहीदेखी सन्तुष्ट देखिदैनन् । अहिले पेस भएको गुठी विद्येयकका विरुद्ध उपत्यकाको समुदाय जुरुक्कै उठेको अवस्था छ । गुठी विद्येयक नसच्याए अशान्ति मच्चिदै जाने प्रवल सम्भावना बढ्दै गएको छ ।

परम्परागत गुठीबाट विद्यालय, कलेज, अस्पताल लगायत देवदेवालयको संरक्षण भइरहेको अवस्थामा सरकारले लेराआएको विद्येयकले समाजलाईनै विखण्डन गराउने भन्दै सरोकारवाला सडकमा आइरहेका छन् । यस्तो अवस्थामा सरकारको नेतृत्व सुनिश्चित गराउन पनि यस्ता विवादित विद्येयकहरु फिर्ता लिनुनै उपयुक्त समाधान हुनसक्छ । त्यसैले सरकारले वर्तमान अवस्थामा संसदमा पेस गरेको विभिन्न विवादित विद्येयकहरु हालको लागि फिर्ता लिनुनै सरकार सुरक्षित रहने उपाय हो ।

सम्बन्धित समाचार

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७६ असार २, ०८: ५६

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७६ असार २, ०८: ५६

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७६ असार २, ०८: ५६

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...