
नेपालीहरुको चाडपर्वहरु सुरु हुन थालेका छन् । नाग पञ्चमीको दिनदेखि घरको मुल ढोकामा नाग टाँसेपछि वर्षायाम कम हुने जनविश्वास रहेको छ । नाग पञ्चमीसँगै नेपालीहरुको चाडपर्वहरु एकपछि अर्को आउने गर्दछ । हिन्दु पुरुषहरुले निकै पवित्र रुपमा मान्दै आएको जनैपुर्णिमामा हिन्दुहरुले जनै लाउने र डोरो बाध्ने, त्यसैगरी, नेवारी समुदायले क्वाटी खाने प्रचलन निकै लामो इतिहास रहेको पाइन्छ ।
त्यसैगरी, विवाह भएका नेपाली हिन्दु महिलाहरुले आफ्ना पतिको लामो आयुको कामना गर्दै हरितालिका तिजलाई उत्साहका साथ मनाउने परम्परा चलिआएको छ । हरितालिका तिजलाई केही वर्ष अगाडिदेखि महिनौ दिनसम्म भोजभतेरका रुपमा परिणत गरेर सांस्कृतिक परम्परामा समेत आँच आउने गरी गरिएको भड्किलो कार्य धेरैलाई मन परेको थिएन ।
हरितालिका तिज आउनुभन्दा दुई महिना अगाडिदेखि पार्टी प्यालेस, रेष्टुरेन्ट तथा ठुला पाँचतारे होटलमा समेत दरखाने भन्दै महिलाहरुले अत्याधिक मात्रामा गरगहना लगाउने र गहनाको प्रतिस्पर्धा नै देखाउने परिपार्टी अन्त्य हुनु स्वभाविक थियो । यस्तो भड्किलो परिपार्टीलाई यस वर्ष सरकारको जिल्ला प्रशासन कार्यालयले रोक लगाएका कारण यो वर्ष तिजका कार्यक्रमहरु कमै भएको देखिन्छ ।
पार्टी प्यालेस मालिकहरुले विरोधका बाबजुद पनि सरकारको अंगको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले गरेको यो कार्य प्रशंसनीय छ । किनकी हुने खानेभन्दा गरिखानेलाई निकै महँगो पर्दै आएको तिजको दरखाने कार्यक्रमलाई सोही दिनमात्र आफ्नो गच्छेअनुसार मनाउने कार्यले मात्र सांस्कृतिक परम्परालाई निरन्तर दिन सक्छ ।
धेरै भड्किलो गर्दा भइरहेको परम्परा समेत तोडिने भय हुन्छ । त्यसैले केही जिल्ला प्रशासन कार्यालयले तिजलाई मध्यनजर गर्दै दरखाने कार्यक्रम पार्टी प्यालेसहरुमा नगर्न गरेको अनुरोध नेपालको सबै जिल्लामा कार्यान्वयन हुन आवश्यक छ ।
हिन्दुहरुले सांस्कृतिक परम्परालाई बचाइ राख्न यस्ता कु–संस्कारका प्रवृतिहरुलाई हटाउनुनै वेश हुन्छ । दरखाने निहुँमा उच्च घरानियाहरुको भेषभुषा, लवाइखुवाईले समाजमा अपराध बढ्ने र विकृति भित्रिदै गएको अवस्थामा हिन्दुहरुको महान् चाडपर्वहरुलाई सरलीकरण गर्न आवश्यक छ ।
आफनो सांस्कृतिक परम्परालाई बिर्सेर पश्चिमी संस्कृति भित्रिएका कारण विदेशमा बसेर दुःख गरेर कमाएको पैसाको दुरुपयोग समेत रोकिने हुँदा जिल्ला प्रशासन कार्यालयले यस्ता नियमहरु कडि कडाउका साथ लागु गर्नुपर्ने देखिन्छ । केही जिल्ला प्रशासन कार्यालयले यो नियमलाई तिरन्तर रुपमा अगाडि बढाएमा आगामी दिनमा पनि यस्ता भड्किला कार्यहरु रोकिदै जानेछन् ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...