सरकारः कालोबजार नियन्त्रण गर – Naya Bikalpa
July 26, 2026, Sunday      Epaper

सरकारः कालोबजार नियन्त्रण गर

नेपाली हिन्दुहरुको महान् चाड वडादशै हाम्रो घर–आगनमा आईसकेको छ । स्कूल, कलेज लगायत सम्पूर्ण पठन–पाठनहरु घटस्थापनाका दिनदेखि बन्द भएका छन् । टाढा–टाढादेखि वडादशै मनाउन आउने, जानेको घुईँचो लागेको छ । तर सरकारका ठेकेदारले सडक जथाभावी भत्काउने र बनाउने कार्य गर्नाले जताततै सडक जाम छ ।

काठमाडौंबाट हिँडेको मान्छे २० घण्टामा पनि बुटवल पुग्न सकीरहेको छैन । घटस्थापनाका लागि काठमाडौंदेखि पूर्व–पश्चिम गएकाहरु नौबिसे सडकमानै अलपत्र पर्नुप¥यो । सडक जामका कारण मृगौला रोगीले ज्यानै गुमाउनु प¥यो । जताततै निरासा पैदा भएको छ ।

बजार भाउ आकासिएको छ । साना खुद्रा व्यापारदेखि ठुलाठुला सपिङ्ग महलसम्म एकाएक बजार भाउ आकासिएको छ । सरकारले मालवाहक गाडी समेत केही दिनलाई रोकेका कारण खाद्यवस्तु लगायत अन्य सामग्री अभाव बनाउने तत्व सलबलाउन थालेका छन् ।

नेपालीहरुले निकै उल्लासमय वातावरणमा मनाउने यसपालीको वडादशै फेरी पनि नेपालीहरुका लागि निकै कष्टपूर्ण बन्दै जाँदा पनि सरकारको कही कतै उपस्थिती देखिदैन । ठेकेदारलाई कार्वाही गर्छु भन्ने सरकार अहिले ठेकेदार कम्पनीले जथाभावी सडक अवरुद्ध गरेर निर्माण सम्पन्न गर्ने कार्य गरिरहेको छ । त्यसमा पनि सरकार नाजवाफ छ ।

के मुलुकमा दुई तिहाईको सरकार बनेपछि झन् जनताले सास्ति खेप्नुपर्ने हो ? मन्त्रीहरु विदेश सयर र आफ्ना निजी काममै व्यस्त भएको घामजस्तै छर्लङ्गै देखिन्छ । सरकारी सेवा सुविधा लिएर मन्त्री पद लिने तर नेपाली जनतालाई यस्तो आपत्–विपत्मा सरकारी निकाय तथा अधिकार प्राप्त व्यक्ति कसैले नहेर्ने हो भने मुलुकमा गणतन्त्रप्रति मानिसहरुको वितृष्णा पैदा हुँदै जानेछ ।

त्यसैले बेलैमा सरकार कालोबजारी गर्ने, कृत्रिम अभाव फैलाउने लगायत ठेकेदार कम्पनीलाई कार्वाहीको दायरामा तत्काल लेराई जनतालाई राहत दिने काममा ध्यान केन्द्रीत गरोस् ।

वडादशै २०७६ को पावन अवसरमा हामी हाम्रा पाठक, शुभचिन्तक, एवं समस्त नेपाली दिदीबहिनी, दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सम्बन्धित समाचार

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७६ आश्विन १३, ०७: ३६

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ आश्विन १३, ०७: ३६

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ आश्विन १३, ०७: ३६

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...