चियापानले दिने दलिय सहमतिको सन्देश – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

चियापानले दिने दलिय सहमतिको सन्देश

सहमति, सहकार्य, एकता र मेलमिलापको सन्देश दिन आजभन्दा ४३ बर्षदेखि कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले शुरु गरेको बडा दशैंको शुभकामना तथा चियापान कार्यक्रमलाई नेपाली कांग्रेसले यो बर्ष पनि निरन्तरता दियो ।

२०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा शुरु गरेको हो ।

यस्तो परमपराले राजनीतिक दल र दलका नेताबीच रहेको तिक्तता, बैमनस्य र वेमेललाई अन्त्य गरी भाईचार, एकता, सहकार्य र सहयात्राको सन्देश दिने विश्वास गर्न सकिन्छ । बीपीले प्रारम्भ गरेको यस्तो सहमतिय राजनीतिलाई वढवा दिने संस्कारलाई उनको निधनपछि २०४० सालदेखि लौहपुरुष गणेशमान सिंहले आयोजना गर्दै आएका थिए । २०५० सालदेखि भने कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले, २०५४ सालदेखि गिरिजाप्रसाद कोइरालाले चियापान कार्यक्रम आयोजना गर्दै आएका थिए ।

कांग्रेसका तत्कालिन नेताहरुले शुरु गरेको यो अभियानलाई अहिले पार्टी सभापति शेरबहादुर देउवाले निरन्तरता दिएर दल र दलका नेताबीचको भाईचारा र मेलमिलापको सन्देश दिने गरेका छन् । विगतका बर्षमा जस्तै यस बर्षको चियापान कार्यक्रमले पनि दलका नेताहरुमा पुनः एकता र मेलमिलापको सन्देश प्रवाह गर्न सकेको छ ।

चियापान कार्यक्रममा कांग्रेसले राजनीतिक क्षेत्रका व्यक्तित्ववाहेक विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्रीपरिषद्का सदस्यहरु, संबैधानिक निकायका प्रमुखहरु, सांसदहरु, राष्ट्रसेबक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मी, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकार, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभाव, कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिताले एक आपसमा एकता र मेलमिलाप तथा आत्मियताको सन्देश प्रवाह गरेको छ ।

पार्टी सत्तामा हुँदा तुलनात्मक रुपमा बढी भिँड हुने र सत्तामा नहुँदा भिँड कम हुने प्रचलन विगतदेखिकै हो । यो बर्ष केन्द्रीय कार्यालयमा गरिएको चियापानको व्यवस्थापन विगतको तुलनामा व्यवस्थित थियो । संचारकर्मीहरुलाई समाचार, तस्वीर र भिडियो लिने स्थान र विशिष्ट पाहुनाले शुभकामना सन्देश दिन बेग्लै पोडियमको व्यवस्था गरिनु सकारात्मक पक्ष हो ।

सम्बन्धित समाचार

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७६ कार्तिक ७, ०९: ४८

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
  • २०७६ कार्तिक ७, ०९: ४८

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७६ कार्तिक ७, ०९: ४८

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...