वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्।

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका अधिकांश मालसामानको भन्सार जाँचपास पूरा भइसके पनि सडक अवरुद्ध हुँदा कन्टेनर गन्तव्यतर्फ पठाउन सकिएको छैन।

“कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० भन्दा बढी कन्टेनर छन्। तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” चुडालले भने, “भन्सारमा केही कन्टेनर जाँचपासको प्रक्रियामा छन्। त्यो पनि अबको दुई दिनभित्र पूरा हुन्छ।”

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरलानाका पनि वर्षाका कारण प्रभावित भएको उनले बताए।

सडक अवरुद्ध हुँदा करिब २०० वटा विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान सकेका छैनन्। तीमध्ये १०० भन्दा बढी सवारीसाधन पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकेको बताइएको छ।

कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले यसअघि दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो। सडक अवरुद्ध भएसँगै व्यापारिक गतिविधिमा समेत असर परेको भन्सार कार्यालयले जनाएको छ।

कोरलानाकाबाट दसैँ लक्षित तयारी सामग्री, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।

सम्बन्धित समाचार

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०८३ आश्विन १६, ०७: ०७

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...

रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
  • २०८३ आश्विन १६, ०७: ०७

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...

नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
  • २०८३ आश्विन १६, ०७: ०७

काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...