आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैँक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । गत माघ २३ गते मंगलबार आइएमई लाइफस्न्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बंैक अस्योरेन्स सम्झौतामा हस्तार गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंक ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाफस्न्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्ने जनाइएको छ । सम्झौता पश्चात जारी विज्ञप्तिमा आईएमई लाइफइन्स्योरेन्स कम्पनीले हाल ४२ स्थानबाट विभिन्नशाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको र सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुण रक्षावरण लगायतका १० वटा योजनाहरु बजारमा ल्याइएको जनाइएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...