जनता बैंकको पोखरा र अत्तरियामा नयाँ शाखा – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

जनता बैंकको पोखरा र अत्तरियामा नयाँ शाखा

काठमाडौं । जनता बैंकले लेकसाइड पोखरा र अत्तरिया कैलालीमा शाखा विस्तार गरेको छ । बैंकको लेकसाइ शाखा ९३औं र अत्तरिया शाखा ९४औं हो । दुवै शाखाबाट बैंकिङ्ग कारोबार सुरु भइसकेको बैंकले जनाएको छ ।

लेकसाइड शाखाको उद्घाटन पोखारा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र बैंकका संचालक रामबहादुर भण्डारी तथा अत्तरिया शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद र संचालक गौतमप्रसाद खनालले गरेका हुन् ।

जनता बैंकले ९४ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएममार्फत करिब ५ लाख ग्राहकलाई सेवा र्पुयाउँदै आएको जनाएको छ । जनता बैंकको हाल ५२ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब २४ करोड कर्जा लगानी गरेको छ ।

सम्बन्धित समाचार

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ माघ २९, ०९: ४६

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
  • २०७४ माघ २९, ०९: ४६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७४ माघ २९, ०९: ४६

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...