काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नयाँ शाखाको बुधबार उदघाटन गरेका छन् ।
शाखा उद्घाटन कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा न्यूरोड क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पु¥याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको उल्लेख गरीन् ।
कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रिमियम आर्जन भएको भन्दै उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१– ८० को उच्चतम बोनस दर कायम गर्न सफल रहेको उनले बताईन् ।
कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईँले समग्रमा हेर्दा कम्पनीको लगानी र जीवन बीमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी २ अर्ब रुपैयाँ पुग्ने विश्वास व्यक्त गरे ।
चापागाईँले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन आवश्यक रहेको बताए । गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्चस्तरीय पढाईको लागि छलफल भैरहेको र यसका साथै सम्पूर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्थाको व्यवस्था गर्ने प्रयास भैरहेको पनि जानकारी दिए ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...