लक्ष्मी बैंकको निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

लक्ष्मी बैंकको निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता

काठमाडौं । लक्ष्मी बैंकले लगानी गरेका साना तथा मझौला उद्यम, कृषि र लघु तथा बिपन्न कर्जाको बीमा हुने भएको छ । बैंकले यस्तो शीर्षकमा गरेको कर्जाको बीमा गर्ने बारे निक्षेप तथाकर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । सम्झौतामा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गत साता हस्ताक्षर गरेका हुन् ।

कोषले दुई लाखसम्मको निक्षेप सुरक्षणका अलावा सानो परिमाणमा दिइने विभिन्न शीर्षकको कर्जालाई बीमा गर्दै आएको छ । कृषि कर्जा सुरक्षणको लागि प्राइम बैंकसँग पनि सम्झौता गरेको छ । पछिल्लो समय बैंकहरुले लगानी गरेका साना तथा मझौला कर्जाको सुरक्षण गर्ने क्रम बढेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ फाल्गुन २८, ०९: ३५

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ फाल्गुन २८, ०९: ३५

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ फाल्गुन २८, ०९: ३५

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...