युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड


नयाँ विकल्प,

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

विहीबार साँझ गोलाप्रथा प्रणालीबाट भएको कम्पनीको आईपीओ बाँडफाँडमा कुल आवेदकहरुमध्ये ५ लाख ८० हजार ५०० जनाले १०–१० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ३५ हजार जनाको हात खाली भएको छ ।

कुल ६४ लाख ५० हजार कित्ताका लागि कम्पनीले आईपीओ जारी गरेकोमा २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए ।

जसमध्ये २१ लाख १७ हजार आवेदक छनोटका लागि योग्य भएका थिए । बाँकी ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारणबाट रद्ध भएको र ६५ हजार १७५ जनाको अन्य कारणबाट आवेदन रद्ध भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असार २४ गते देखि २८ गते सम्म खुल्ला गरेको कूल सेयर ६४ लाख ५० हजार कित्ता सेयर मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।


सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ असार ३१, २२: ५६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार ३१, २२: ५६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ असार ३१, २२: ५६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...