सेयर बजार ६०.२२ अंकले बढ्यो – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

सेयर बजार ६०.२२ अंकले बढ्यो


नयाँ विकल्प,

काठमाडौं – सेयर बजारको लगातारको गिरावटमा बुधबार भने सकारात्मक ढंगले बढेको छ । आज बजार ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत ११.२५ अंकले बढ्दै ४००.३७ अंकमा उक्लिएको छ ।
बुधबार कुल २३१ कम्पनीको ३० हजार ६८४ वटा कारोबारबाट ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ रहेको छ । बुधबार सबै उपसमूहको सेयर मूल्य बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको मूल्य क्रमशः १५७३ र २३३८.६० रुपैयाँ पुग्यो ।

आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.८४ प्रतिशतले, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बीमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका छन् ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७९ जेष्ठ २५, १६: ०६

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७९ जेष्ठ २५, १६: ०६

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ २५, १६: ०६

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...