नेप्सेमा ४.८९ अंकको सुधार – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेप्सेमा ४.८९ अंकको सुधार

नयाँ विकल्प,

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) ४.८९ अंकको सुधार आएको छ । नेप्सेमा सामान्य अंकको वृद्धि आएसँगै परिसूचक २०५० अंकमा पुगेर बन्द भएको छ । कारोबार सुरू हुँदा बढेर सुरू भएपनि १ बजेयता केही घट्दै सामान्य अंक बढेर बन्द भएको हो ।

यसक्रममा आज एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको ४१ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ०।२४ प्रतिशतले बढ्दा कारोबारमा आएका १३ मध्ये ८ समूहमा सुधार आएको छ ।
आज उत्पादनमूलक समूहमा ६३ अंकको सुधार आउँदा निर्जीवन बीमा समूहमा ५६ अंकको सुधार आएको छ । यस्तै, वित्त समूहमा ३१ अंकको सुधार आउँदा अन्य समूहमा १७ अंकको सुधार आएको छ । यस्तै, आज विकास बैंक लघुवित्त, लगानी, म्युचुअल फण्ड समूहमा समेत सुधार आएको छ ।
यसबाहेक, आज जीवन बीमा समूह २८ अंकले घटेको छ । यस्तै, व्यापार र जलविद्युत समूहमा समान १२ १२ अंकको गिरावट आउँदा होटल एण्ड टुरिजम समूहमा ९ अंकको गिरावट आएको छ ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ४, १७: ०२

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ४, १७: ०२

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण ४, १७: ०२

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...