
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३०० र चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको भाउ ९५ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको भाउ ९५ हजार ७०० रुपैयाँ थियो ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको थियो । मंगलबार छापावाल सुनको भाउ ९६ हजार ७०० र तेजाबी सुनको भाउ ९६ हजार २०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १ हजार १९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको भाउ प्रतितोला १ हजार २१० रुपैयाँ थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...