काठमाडौं । बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २७.७२ अंकले बढेर दुई हजार ६८ दशमलब ४२ विन्दुमा रोकिएको छ । आज नेप्सेमा दुई अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज एनआइबीएल प्रगती फण्ड र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १० करोड ४३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...