
काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले उनीहरूको पदीय हैसियत, आरोप दाबी र परियोजनामा उनीहरूको भूमिका तथा संलग्नतालाई हेरेर अधिकारीलाई पाँच लाख र भण्डारीलाई एक लाख धरौटी हुने आदेश गरेको हो ।</div>
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीसहित विरूद्ध मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यका साथै १० जना तत्कालीन सचिवसहित ५५ जनालाई विपक्षी बनाएको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...