गुणस्तरीय सेवा प्रदान गर्न नर्सहरुको मेला – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

गुणस्तरीय सेवा प्रदान गर्न नर्सहरुको मेला

गुणस्तरीय स्वास्थ्य सेवामा नर्सहरुलाई शशक्तिकरण गर्ने सम्बन्धमा नेपाल मेडिसिटी अस्पतालमा विभिन्न अस्पतालहरुमा कार्यरत् करिब १ सय जना नर्सहरुको सहभागितामा एक वृहद् सिम्पोजियमको आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय नर्सेस दिवसको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालमा साताव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ । सिम्पोजियममा नेपाल स्थित अमेरिकन एम्बेसीका नर्स क्यारी सेनगलम्यानले सेफ नर्सिध्र प्राक्टिस एण्ड पेसेन्ट केयर विषयको समेत प्रस्तुत गरिएको थियो ।

त्यसैगरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साईकियाटञी नर्सिध्र विभागकी प्रमुख प्राध्यापक समी लामाले नर्सहरुको कम्युनिकेशन सीपका बारेमा जानकारी दिएकी थिईन् । साथै अमेरिकन एम्बेसीकै नर्स फ्रान्कोइस पाहुलले विशिष्ट नर्सिध्र सेवाका लागि उदाहरणीय पेशागत कार्यका सम्बन्धमा छलफल गरिएको थियो ।

त्यसैगरी नर्स लिंक अमेरिकाकी शर्ली इभान्सले नर्सिध्र सेवामा अन्तर्राष्टिञय मापदण्डका सम्बन्धमा जानकारी गराए । नर्सिध्र सेवाका सम्बन्धमा चिकित्सकको धारणाका बारेमा नेपाल मेडिसिटी अस्पतालका आई.सि.यु. कोअर्डिनेटर डा. दिप्तेश अर्यालले तथा आम पव्लिकको अपेक्षाका लागि वरिष्ठ संचारकर्मी प्रभात रिमालले छलफल चलाएका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल नर्सिध्र संघका अध्यक्ष प्रा.तारा पोखरेलले नर्सिध्र पेशागत शशक्तिकरणका बारेमा जानकारी गराएका थिए ।

नेपाल मेडिसिटी अस्पतालले साताव्यापी कार्यक्रमहरुको आयोजना गरी प्रभावकारी हातधुने तरीका सम्बन्धी नृत्य, अन्तर अस्पताल हाजिरीजवाफ प्रतियोगिता सिम्पोजियम, वाकाथन लगायत कार्यक्रमहरुको आयोजना गरिएको अस्पतालकी डेपुटी निर्देशक डा. तारा शाहले जानकारी दिए ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ बैशाख ३१, ०८: ३२

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ बैशाख ३१, ०८: ३२

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ बैशाख ३१, ०८: ३२

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...