चितवनका करिब ९० प्रतिशतले लगाए काेराेनाविरुद्धकाे खोप – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

चितवनका करिब ९० प्रतिशतले लगाए काेराेनाविरुद्धकाे खोप


चितवन । बागमती प्रदेशको चितवन जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जिल्लामा ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको छन् । पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ , भेरोसेल दुई लाख ३७ हजार ६०२ ,एष्ट्राजेनिका ५१ हजार ९६२ , फाईजर बायोएनटेक एक हजार ८६७ र जोन्सन ३८ हजार ६७० जनाले लगाएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख तिवारीले पछिल्लो समय जिल्लाका विभिन्न पालिकाहरुमा खोप अभियानका रुपमा कार्यक्रम सञ्चालन हुँदै आएको बताए । उनले पालिकाहरुमा हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेको र १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको समेत जानकारी दिए ।

त्यस्तै तिवारीले विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको बताए ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७८ पुष २७, १४: २६

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७८ पुष २७, १४: २६

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०७८ पुष २७, १४: २६

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...