कोरोनाको खोप उपलब्ध गराउन जि-२० देशहरुलाई राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

कोरोनाको खोप उपलब्ध गराउन जि-२० देशहरुलाई राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

Berlin, Germany – November 04: Antonio Guterres, High Commissioner for Refugees of UNHCR, attends a press conference in german foreign office on November 04, 2015 in Berlin, Germany. (Photo by Michael Gottschalk/Photothek via Getty Images)

नयाँ विकल्प,

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि २० (ग्रुप २०) का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् ।

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन् । उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरूका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९ का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेका हुन् ।

जि २० का सदस्य देशहरूका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरूलाई आग्रह गर्नुभएको बताइएको छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ असार २६, २१: २४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ असार २६, २१: २४

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ असार २६, २१: २४

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...