
इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण तीन दिनदेखि बन्द रहेको बालीको विमानस्थल सञ्चालनमा आएको छ । इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका कारण उक्त सहर प्रदूषित हुनुका साथै सो विमानस्थलबाट उडान पनि तीन दिनदेखि रोकिएको जनाएका थिए । केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविश्यवाणी गरिएको थियो । त्यसैले मङ्गलबार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखिएको बताइएको थियो ।
ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको र यसका कारण बालीमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन । खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पु¥याउने भएकोले । मङ्गलबार पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो ।
बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको थियो ।
यसैकारण भूगर्भ्विद्ले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका थिए । सरकारले सर्वसाधारण नागरिकलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।
एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना...
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...