काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका बताइन्छ । अफगान गृह मन्त्रालयले बिहीबार उक्त जानकारी दिएको हो । उक्त कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति मार्फत जानकारी दिए । नान्गाहार प्रान्तको आचिन, हिसाराक, र देह बाला जिल्लामा गरेको कारबाहीमा ती सशस्त्र आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको उल्लेख छ ।
सो जिल्लामा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका हुन् । ती जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका थिए । सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...