गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड आउन प्रनिबन्ध – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड आउन प्रनिबन्ध

थाइल्याण्डका स्वास्थ्यमन्त्रीले गाँजा खानमात्र आउने पर्यटकहरूलाई आफ्नो देशको भ्रमणमा नआउन आग्रह गरेका छन् । दुई महिनाअघि थाइल्याण्डमा गाँजाको प्रयोगलाई अपराध नमान्ने कानुन आएपछि धेरै पर्यटकहरु गाँजा सेवनकै लागि जाने गरेको पाइएको छ ।

सन् २०१८ मा थाइल्याण्डले चिकित्सकीय प्रयोगको लागि गाँजाको प्रयोगलाई वैध बनाएको थियो । थाइल्याण्ड कुनै पनि उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैध बनाउने पहिलो दक्षिणपूर्वी एशियाली मुलुक हो ।

जुन महिना देखी कुनै पनि प्रयोजनको लागि गाँजा सेवन गर्दा कारबाही नहुने कानुन बनाएको छ ।
सरकारले गाँजाको सेवनलाई वैध बनाएको भएपनि उच्च प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ ।

सरकारको आग्रहका बाबजुद गाँजा सेवन लोकप्रिय बनेको छ । रेष्टुराहरुमा गाँजा सेवनको लागि अलग कोठाको व्यवस्था गर्न थालिएको छ । गाँजाको प्रयोग वैध भएको भए पनि सार्वजनिक स्थानमा सेवन गर्नेहरुलाई तीन महिनाको जेल सजाय वा झण्डै ७०५ अमेरिकी डलर जरिवाना तोकिएको छ ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७९ भाद्र २, १६: ४२

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७९ भाद्र २, १६: ४२

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०७९ भाद्र २, १६: ४२

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...