लिबियामा राजनीतिक विवाद फेरि चुलियो – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

लिबियामा राजनीतिक विवाद फेरि चुलियो

काठमाडौं । लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ। विवादले हिंसाको रुप लिएको छ । पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कयौँ मानिस घाइते भएको त्रिपोलीका स्वास्थ्यमन्त्रीले बताए।

झडपमा त्यहाँका एक युवा हाँस्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ । लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् । राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलु सहित स–साना हतियार बोकेका मिलिसियाहरु देखिन थालेको र ठाउँ ठाउँमा विस्फोट हुन थालेको छ ।

यो घटनापछि संयुक्त राष्ट्र संघले युद्ध बिराम गर्न दुवै पक्षलाई आग्रह गरेको छ । राष्ट्र संघले वार्ताको माध्यमबाट समाधान खोज्न र हिंसा रोक्न दुवै पक्षलाई आग्रह गरेको हो ।

 

सम्बन्धित समाचार

आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
  • २०७९ भाद्र १२, १०: ०३

काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...

साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
  • २०७९ भाद्र १२, १०: ०३

काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
  • २०७९ भाद्र १२, १०: ०३

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...