भारतमा संचालित National Defense Course-62 स्वदेश फिर्ता – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

भारतमा संचालित National Defense Course-62 स्वदेश फिर्ता

काठमाडौं – भारतको नयाँ दिल्लीस्थित National Defence Course (NDC)-62  मा संचालित National Defence Course-62  मा सहभागी शिक्षार्थीहरुसहित ३१ सदस्यीय भ्रमणदल २०७९ भाद्र १२ गतेदेखि भाद्र १६ गतेसम्म नेपाल भ्रमण गर्ने योजना अनुरुप २०७९ भाद्र १२ गते Air Vice Marhsal Tej Bir Singh को नेतृत्वमा नेपाल आएको भ्रमणदल आज स्वदेश फिर्ता भएको छ ।

Air Vice Marhsal Tej Bir Singh को नेतृत्वमा नेपाल भ्रमणका लागि आएका ३१ सदस्यीय भ्रमणदलका प्रमुखले भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री शेर बहादुर देउवा र माननीय अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटघाट गर्नु भएको थियो । साथै, भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरुले जङ्गी अड्डाँको भ्रमण गरी नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा, उक्त भ्रमणदलका प्रमुखले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।

उक्त भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरवार स्क्वायर, लुम्बिनी लगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नुका साथै पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा.को भ्रमण समेत गरेको थियो ।

विभिन्न मित्रराष्ट्रका सेनाहरुमा संचालन हुने यस प्रकारका उच्चस्तरिय तालिमहरुको दौरान गरिने यस प्रकारका भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पार्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित समाचार

आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
  • २०७९ भाद्र १६, १८: ०९

काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...

साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
  • २०७९ भाद्र १६, १८: ०९

काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
  • २०७९ भाद्र १६, १८: ०९

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...