काठमाडौं । आगामी नोभेम्भर ६ देखि १८ सम्म इजिप्टमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप–२७) को तयारीस्वरुप नेपालले सरोकारवाला निकायहरूबीच छलफल सुरु गरेको छ ।
आगामी कोपमा पनि नेपालले विगतका कोपहरूमा जस्तै धनी राष्ट्रहरूलाई जलवायु वित्तीय दायित्व बढाउन दबाब सिर्जना गर्ने तयारी गरेको छ । जलवायु परिवर्तन गराउन सहयोगी भूमिका खेल्ने नेपाललगायत विकासोन्मुख राष्ट्रहरूलाई जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि आवश्यक लगानीका लागि धनी राष्ट्रहरूले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।
जलवायु विज्ञहरूले नेपालले आगामी कोपमा जलवायु वित्तीय दायित्व बढाउन दबाब दिनेगरी आफ्नो एजेन्डा तय गर्नुपर्ने सुझाव दिएका छन् ।
आगामी २७ औं कोपमा नेपालको तर्फबाट उठाइने एजेन्डाको विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको र जलवायु वित्तका विषयलाई मुख्य प्राथमिकता दिएर एजेन्डा लैजाने निर्णय गरेका छन।
आगामी कोपमा मुख्यतया जलवायु वित्तीय दायित्व बढाउनका लागि विकसित मुलुकहरूलाई दबाब सिर्जना गर्ने तयारी गरेकौ छ । यदि धनी मुलुकहरूले जलवायु वित्तीय दायित्व बढाएनन् भने हाम्रा जलवायुका नीति कार्यान्वयनमा चुनौती थपिनेछ ।
जलवायुका नीति कार्यान्वयनका लागि नेपालको आन्तरिक स्रोतले मात्रै पुग्दैन । नेपालले ३ वटा महत्वपूर्ण प्रतिबद्धता गरेको छ । सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने नेपालले लक्ष्य लिएको छ ।
वन फडानी र वनको क्षयीकरण रोक्ने तथा सन् २०३० सम्ममा जलवायु परिवर्तनका कारण असर पुगेको वर्ग महिला, बालबालिका, जनजाति, गरिबलगायतको अनुकूलन क्षमता वृद्धि गरेर उनीहरुको उत्थानमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...
काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...