सोमालियालीमा खाद्यान्नको अभाव – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

सोमालियालीमा खाद्यान्नको अभाव

मोगादिसु । सोमालियाली नागरिकलाई त्यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

आन्तरिक द्वन्द्व, खडेरी लगायतका कारण नागरिकको आधारभूत आवश्यकताको उपलब्धतामा समस्या उत्पन्न भएको सो प्रतिवेदनमा देखाइएको छ । जसका कारण सोमालियाको ठूलो जनसङ्ख्याले मानवीय सहयोगका लागि विश्व समुदायको भर पर्नुपर्ने अवस्था रहेको पाइएको छ । सोमालियाको मानवीय आवश्यकता समिक्षा समूहले केही समय पहिले जारी गरेको प्रतिवेदनमा अर्को बर्ष मुलुकको झण्डै आधा जनसङ्ख्या अर्थात् ६२ लाख जनतालाई आधारभूत मानवीय सहयोगको खाँचो हुने जनाइएको थियो । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि संयोजक पिटर डे क्लर्कले सोमालियामा खासगरी यहाँको आन्तरिक द्वन्द्व र खडेरी नै मानवीय सहायताका लागि मुख्य कारक मानिएको बताएका छन् ।
सोमालियामा गएको चार बर्षसम्म आवश्यक मात्रामा वर्षा भएको छैन । कम बर्षाका कारण त्यहाँको द्वन्द्वबाट विस्थापित भएर बसेका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ । यसरी विस्थापित जनतामध्ये करिब एक तिहाईलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ । यो आवश्यकता आगामी वर्ष झनै बढ्दै जाने छ ।

सम्बन्धित समाचार

ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
  • २०७४ पुष ४, ०९: ४४

काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
  • २०७४ पुष ४, ०९: ४४

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...

भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
  • २०७४ पुष ४, ०९: ४४

काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...