अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पले ह्वाइट हाउसमा पत्रकाससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका हुन् ।
डिसेम्बरको सुरुमा अन्तर्रा्ष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई इराजरायलको राजधानीको रुपमा घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघमा जेरुशेलम इजरायलको राजधानी हुने वा नहुने भन्ने विषयमा मतदान हुने तय भएको छ । ट्रम्पले अमेरिकासँग आर्थिक सहयोग लिने तर राष्ट्रसंघमा जेरुशेलमको विषयमा हुने मतदानमा विपक्षमा भोट हाल्ने देशलाई दिँदै आएको सहयोगक रोक्ने चेतावनी दिएका छन् । उनले यसबाट आफूहरुलाई केही असर नपर्ने पनि बताएका छन् ।
काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...
काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...