दुई वर्षपछि दूई कोरियाबीच सम्पर्क – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

दुई वर्षपछि दूई कोरियाबीच सम्पर्क

उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो । उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन हटलाइन पुन सुरु गर्न आदेश दिएका हुन् । दक्षिण कोरियाले उत्तरको पहलको स्वागत गरेको छ । हिउँदे ओलम्पिक खेल अघि दुवै पक्षबीच थप वार्ता हुने बताइएको छ ।
दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री चो म्युङ ग्युनले “बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुनः खोलिएको जानकारी दिए ।” उत्तर कोरियाका एक अधिकारीले हटलाइन पुनः खोलिएको घोषणा टेलिभिजनमार्फत गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपतिले उक्त हटलाइन पुनः खोल्ने कदम एकदमै महत्वपूर्ण उपलब्धि भएको र यसले सँधै आपसी सञ्चार गर्न संभव हुने वातावरण बनाउने उल्लेख गरेका छन् । यसअघि उत्तर कोरियाका नेता किमले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधन सोलसँग वार्ता गर्न र आफ्नो देशको टोली अर्को महिना दक्षिणमा हुने हिउँदे ओलिम्पिक्समा भाग लिन पठाउन आफू तयार भएको बताएका थिए । यी दुई देशहरूले २०१५ डिसेम्बरपछि उच्चस्तरीय वार्ता गरेका छैनन् । त्यो वार्तालगत्तै उत्तर कोरियाले दुई देशबीचको सञ्चार प्रणाली काटेको र आफूहरूले फोन सम्पर्क गर्दा जवाफ नदिएको दक्षिण कोरियाले बताउँदै आएको थियो ।
उत्तर कोरियाको प्रतिनिधिमण्डललाई ‘हिउँदे ओलिम्पिक्स’मा सहभागी गराउन दक्षिण कोरियाको प्युङ्चाङ् पठाउने प्रस्तावसँग सम्बन्धित व्यावहारिक पक्षबारे दुई देशले फेब्रुअरीमा छलफल गर्ने ती अधिकारीले जानकारी दिए । दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले एकजना अधिकारीलाई उद्धृत गर्दै दक्षिणले “उत्तर कोरियासँग हामी इमान्दार भएर निष्ठापूर्वक सम्पर्क गर्नेछौँ ।”
उनका अनुसार प्रतिनिधिमण्डल पठाउने सम्बन्धमा व्यावहारिक विषयवस्तुमा छलफल गरिनेछ । नयाँ वर्षको सम्बोधनमा राष्ट्रपति किमले ’हिउँदे ओलिम्पिक्स’को सहभागिता दुई देशका जनताबीचको एकता भएको प्रदर्शन गर्ने राम्रो अवसर भएको बताएका थिए । दक्षिण कोरियाले उत्तरको सहभागितालाई स्वागत गर्न तत्परता देखाइसकेको छ र उच्चस्तरीय वार्ता गर्न सोमवार प्रस्ताव गरिसकेको छ । उत्तरले उक्त प्रताव स्वीकार्ने हो या होइन त्यो भने अझै स्पष्ट भइसकेको छैन । तर दुई देशबीचको टेलिफोन सम्पर्क स्थापनाले प्रारम्भिक छलफल गर्ने बाटो खुलेको छ । दैनिक पत्रिका ज्युङ्आङ् इल्बोले किमको सम्बोधन दक्षिण कोरियाको आन्तरिक विभाजन चर्काउन सोचविचार गरेर चालिएको कदम हुनसक्ने आशंका गरेको छ । हाङ्कियोरा पत्रिकाले पनि सचेत हुनुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७४ पुष २४, ०९: ०३

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०७४ पुष २४, ०९: ०३

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०७४ पुष २४, ०९: ०३

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...