नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान जारी – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान जारी

वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वयका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिनिधि टोली वीरगञ्ज पठाएको जनाएको छ।

मन्त्रालयका अनुसार घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ भने अन्य संलग्न व्यक्तिहरूको पहिचान र भूमिकाबारे अनुसन्धान जारी रहेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

गम्भीर मुटुरोगीको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त तथा उपस्थित व्यक्तिहरूले अस्पतालमा तोडफोड गरेका थिए। त्यसपछि विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण भएको बताइएको छ।

सम्बन्धित समाचार

बर्दघाटको ‘यस मोड’ मा सुदूरपश्चिम यातायातको बस पल्टियो, चालक र सहचालकसहित ७ जना घाइते
बर्दघाटको ‘यस मोड’ मा सुदूरपश्चिम यातायातको बस पल्टियो, चालक र सहचालकसहित ७ जना घाइते
  • २०८३ श्रावण ११, ०९: २८

बर्दघाट — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित ‘यस मोड’ नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालक र...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०८३ श्रावण ११, ०९: २८

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०८३ श्रावण ११, ०९: २८

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...