निवेदकबाटै स्थगित भयो पल शाहको थुनछेक सुनुवाइ – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

निवेदकबाटै स्थगित भयो पल शाहको थुनछेक सुनुवाइ

नयाँ विकल्प,

काठमाडौं – नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागी थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।

नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो । सो मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिइएको थियो । यी सबै मुद्दालाई बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।

सम्बन्धित समाचार

विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
  • २०७९ जेष्ठ १२, १२: ४४

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ। प्रहरीका अनुसार...

बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
  • २०७९ जेष्ठ १२, १२: ४४

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ जेष्ठ १२, १२: ४४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...