काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । बुधबार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी–२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो ।
शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मुल्यांकन सुरु भइसकेको पनि बताए ।
उनले भने, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं । खेलाडिहरुले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरु लिन सकिन्छ । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ । पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ । हामी तपाईहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु ।’
त्यसैगरी क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए । टिमलाई शुभकामना दिँदै उनले भने, ‘जित र हारको मुल्यांकन भइरहेकै हुन्छ, हामी तपाईहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा सहित शुभकामना।’
यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् ।
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...