“योगमाया स्रष्टा सम्मान”द्धारा वाइवा र बस्नेत सम्मानित – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

“योगमाया स्रष्टा सम्मान”द्धारा वाइवा र बस्नेत सम्मानित

काठमाडौं । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान -२०८२’ तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान- २०८२’ द्धारा क्रमशः सुकन्या वाइवा र भूपाल बस्नेतलाई सम्मानित गरेको छ ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान समर्पण गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे,स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सम्मान गरे । वाइवा नगदराशी रु.२५ हजार एक सय एघार तथा बस्नेत रु.५१ हजार एक नगदराशी सहित सम्मानित भए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि घिमिरेले योगमाया विशिष्ठ व्यक्तित्वकी धनी भएको भन्दै आफु पनि योगमायाको व्यक्तित्वले प्रभावित भएकी बताइन् । उनले भनि- ‘म पनि महिला अधिकारका पक्षमा विगत चार दशकदेखि क्रियाशिल छु । योगमायाको योगदान आज पनि सबैको निम्ति मार्गदर्शक र उत्तिकै सान्दर्भिक छ । हामी सबैले योगमायाको आदर्शलाई आत्मसात गरौं।’कार्यक्रमका सभाध्यक्ष रोदनले भने-‘योगमायालाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्नुपर्छ भनेर हामीले भनेका छौं । उहाँले देखाउनु भएको साहास,गर्नुभएको समर्पण,उठाउनु भएको विषय र सन्दर्भ मात्र होइन् उहाँको त्याग आजको समयमा पनि अनुकरणीय छ।’ उनले वर्तमान राजनीतिमा देखिएको बेथिति प्रति कटाक्ष गर्दै भने-‘कान्छी औंलामा खटिरा आउँदा पनि बिदेश गएर उपचार गर्ने नेताहरुले योगमायालाई एक पटक पढिदिए मात्र पनि नेताहरु सुध्रन्छन् कि भन्ने हाम्रो अपेक्षा छ। योगमायाको आदर्श बचाउन सबैको साथ र सहयोग रहोस।’

यसअघि सम्मानित व्यक्ति सुकन्या वाइवाले भनिन्सा-‘सारा नेपालीको मनभरी योगमाया छाएकी छिन् । दिदी पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी छिन्।’ उनले आफु सम्मानित हुँदा दिदी पारिजात नै सम्मानित भएको अनुभूति राखिन् । अर्का सम्मानित व्यक्तित्व भूपाल बस्नेतले योगमायाको समाधिस्थल बारे बोले । साथै उनले भने- ‘यो सम्मान मेरो लागि हौसला हो। मैले योगमायाको विषयमा अभियानहरुमा पचास सालदेखि झोला बोकेको हुँ । म योगमायाको थलोकिलोको मान्छे हुँ।’ उनले भोजपूरमा आश्रम खोल्ने तयारी गरेको समेत जानकारी दिए ।
पुरस्कार संस्थापकहरु पवन आलोक र राजेश न्यौपाने र कार्यक्रममा सह-आयोजक न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपानेले समेत योगमायाको व्यक्तित्वका बहुआयामिक सन्दर्भहरुको चर्चा गरेको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरु बारे डा. शान्तिमाया गिरीले चर्चा गरिन् ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन समाजका सदस्य मधु पाठकले गरेका थिए ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०८२ असार २२, १८: १९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ असार २२, १८: १९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०८२ असार २२, १८: १९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...