श्रेष्ठका दुई कृति ‘अनाहक प्रश्नहरु’ तथा ‘सफलताका आयाम’ लोकार्पण – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

श्रेष्ठका दुई कृति ‘अनाहक प्रश्नहरु’ तथा ‘सफलताका आयाम’ लोकार्पण

काठमाडौं । स्रष्टा राजीव श्रेष्ठका’अनाहक प्रश्नहरु’ कवितासङ्ग्रह तथा ‘सफलताका आयाम’ जीवनीसङ्ग्रह कृतिहरुको लोकार्पण भएको छ।सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’ ,विमल भौकाजी, डा.जीवलाल बस्याल लगायतले ती कृतिहरु लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि प्रा.डा.श्रेष्ठले राजीवका कवितामा सरलता र तडकभडक नभएको भन्दै प्रतिक कम भएपनि गहन अर्थ बोकेका कविताहरु रहेको बताए।उनले राजीवलाई जीवनका दुखभित्रबाट सुख खोज्ने कविको रुपमा चित्रण गरे ।
अर्का बक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ले राम्रो काम सुरु जहिले गरेपनि शुभ साइत हुने भन्दै पचासकै दशकमा लेखनी थालेका राजीवको कृति ढिलो गरि आएको बताए । उनले लेखनीमा उनी सम्भावना बोकेर देखा परेका बताए ।

लोकार्पित कविता कृतिमाथि विमल भौकाजीले चर्चा गर्दै भने-‘राजीव कवितामा संवेदनशील भएर पोखिने कवि हुन् । आफ्ना भोगाई र जीवनप्रतिको आशावादीता कविताहरुले पोखेका छन्।’ उनले कवितामा ३२ वटा कविता समेटिएको बताए ।
अर्का चर्चाकार डा.जीवलाल वस्यालले जीवनीप्रति चर्चा गर्दै भने-‘लेखकले विभिन्न व्यक्तिहरुको सुक्ष्म अध्ययन गरेर जीवनी लेख्नुभएको छ । बहुआयामिक स्वरुपलाई कृतिमा समेट्ने प्रयास गर्नुभएको छ । स्वदेशदेखि विदेशसम्मका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको बारेमा जीवनी आएको बताउँदै विद्यार्थी,अनुसन्धानदाता लगायतले यो प्रयोग गर्न सक्छन्।’
स्रष्टा राजीव श्रेष्ठले लेखनीको प्रेरणाको श्रोत स्व.पिताजी भएको बताउँदै लेखकीय मन्तव्य राखे र सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा राजीवका निकट आमा सानुमैयाँ श्रेष्ठ,ठूली आमा सुलोचना श्रेष्ठ सहित आधा दर्जन परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कवि पूर्ण बहादुर श्रेष्ठ,ह्रदयङ्कृत,तारा केसी र विश्व सिग्देलले कृतिभित्रका १/१ थान कविता वाचन गरे ।
कार्यक्रमका अतिथिहरुलाई आयोजकबाट मायाको चिनो कार्यक्रमका अध्यक्ष छविरमण सिलवालले प्रदान गरे ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा सदस्य शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखिन् ।<img class=”alignnone wp-image-44842 size-full” src=”https://ekhabarnet.com/wp-

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०८२ असार २८, २१: ४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ असार २८, २१: ४२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०८२ असार २८, २१: ४२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...