नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने – Naya Bikalpa
November 10, 2026, Tuesday      Epaper

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं : अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो । नेपालले आगामी भदौ १० गते  एसिटी तथा  भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई-दुई टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।

त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ । उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ ।

त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो ।

सम्बन्धित समाचार

१०औं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा खेलाइने
१०औं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा खेलाइने
  • २०८२ श्रावण २९, १२: ५२

सुर्खेत : कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुने निश्चित भएको छ...

नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
  • २०८२ श्रावण २९, १२: ५२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ श्रावण २९, १२: ५२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको...