
नयाँ विकल्प,
काठमाडौं– पछिल्लो समयमा आएर नेकपा उपाध्यक्ष बामदेव गौतमले मुख खोलेको छन् । उनले नेकपा सचिवालयले छ महिना अघि आफुुलाई राष्ट्रियसभामा लानका लागि गरेको निर्णय कार्यन्वयन गर्न माग गरेका छन् ।
उनको यो मागसँगै नेकपा भित्र नयाँं तरंग छाएको छ। प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिले मनोनय गर्ने एक राष्ट्रियसभा सदस्य पद रिक्त छ। तर यस भन्दा अगाडि नै सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो।
गौतमले शुरुमा त्यसलाई अश्वीकार गरेपछि अहिले आएर त्यो निर्णय कार्यन्वयन गर्न माग गरेका छन् । उनले आफुबाहेक कसैलाई पनि राष्ट्रियसभामा लाने भए त्यो फेरि सचिवालयबाट निर्णय हुनुपर्ने माग गरेका छन् ।
भदौ १८ गतेका लागि सचिवालयको बैठक तय भएको छ। त्यसमा गौतमबाहेकको नाम राष्ट्रियसभाका लागि प्रस्तावित भए त्यसले पार्टी भित्र नयाँ विवाद सृजना गर्ने एक नेताले बताए।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली भने बामदेव गौतमलाई रोकेर खतिवडालाई राष्ट्रियसभा सदस्य बनाउने सोचाईमा छन् ।
प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तरवार्तामा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयको औचत्य समाप्त भएको बताएका थिए। उनले सो बिचार सार्बजनिक गरे लगतै गौतमले राष्ट्रियसभा सदस्यमा आफुलाइ लैजान गरेको निर्णय कार्यन्वयन गर्न माग गर्नुलाई रहस्यपूर्णरुपमा नेकपा भित्र लिन थालिएको छ।
प्रधानमन्त्री ओली अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन चाहन्छन् । यसका लागि नेपालको संविधान बाधक बनेको छ। संविधानमा दुबै सदनको सदस्य नभएको ब्यक्तिलाई पनि मन्त्री बनाउन सक्ने प्रवधान छ। तर नियुक्त भएको मितिले छ महिना भित्र कुनै सदनको सदस्य भईसक्नुपर्ने छ।
अर्थमन्त्री खतिवडाको म्याद यहि भदौ १९ गते सकिदैछ। खतिवडालाई प्रधानमन्त्रीले चाहेमा राष्ट्रियसभाको सदस्य नबनाउँदा एक मात्र बाटो उनकाे राजीनामा र त्यसपछिको पुर्ननियक्ति नै हाे ।
तुलसालाई मन्त्री दिएर बामदेव मनाउने ओलीको प्रयास
बामदेव गौतमले राष्ट्रियसभामा जाने अडान नछाडेपछि प्रधानमन्त्री ओलीले उनकी धर्मपत्नी तुलसा थापा मगरलाई मन्त्री बनाउने आश्वसन दिएका छन् ।
ओलीले यसका लागि अहिले पार्वत गुरुङले नेतृत्व गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय दिने आश्वसन दिएका छन् । स्रोतका अनुसार ओलीले गुरुङलाई अहिले योगेश भट्टराईले सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र योगेशलाई सूचना तथा संचार प्रविधि मन्त्रालयको जिम्मेवारी दिने आन्तरिक तयारी गरेका छन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...