बाणिज्य बैंकका सीईओले उपत्यका छाडेपछि ‘सम्धी कोइराला’ तनावमा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

बाणिज्य बैंकका सीईओले उपत्यका छाडेपछि ‘सम्धी कोइराला’ तनावमा

नयाँ विकल्प,

काठमाडौं– सरकारले बाणिज्य बैकको अध्यक्ष बनाउने प्रयोजनका लागि संचालक समिति सदस्यमा नियुक्त गरेका उपेन्द्र कोइरालाको ‘अध्यक्ष’ अझै अन्योलमा परेको छ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्व पोखरेलका सम्धी कोइरालालाई नियुक्त गरेको भनि सर्बत्र आलोचना भएपछि संचालक समितिले तत्काल उनलाई अध्यक्ष चयन गरेको छैन।

संचालक समितिको बैठक कोइरालाको नियुक्तिपछि बसेको भएपनि उनलाई अध्यक्ष चयन गर्ने एजेण्डा बैठकमा प्रवेश गरेन। बैठकमा कोइरालालाई समेत बोलाइएको भएपनि अध्यक्ष हुने ग्यारेन्टी नभए सम्म जान्न भन्दै उनी उपस्थित भएनन् ।

यो साता संचालक समितिको बैठक बस्ने भनिएपनि बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले ससुरा बिरामी भएको भन्दै उपत्यका छाडेपछि कोइराला सम्धी थप तनावमा परेको स्रोतले बतायो। काेइरालाकाे नियुक्ती विवादमा परेपछि उनकाे नियुक्तिलाइ तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रालयले निर्देशन दिएकाे मन्त्रालय स्राेतले दावी गरेकाे छ ।

कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ काेइरालालाइ अध्यक्षामा नियुक्ति गर्ने विषयमा अनिच्छुक देखिएपछि उपत्यका बाहिर निस्केकेकाे अाशंका गरिएकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा प्राडा. उपेन्द्र कोइरालालाई भदौ ८ मा नियुक्त गरेका थिए।

यस अघिका अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त छ। त्यसमा पदपूर्तिका लागि कोइरालालाई सञ्चालकका रूपमा नियुक्त गरिएको हो।

अधिकारीको पालादेखि बैंक सञ्चालक समितिले अध्यक्ष चयन गर्न थालेको हो। त्यसअघि अर्थमन्त्रालयले सोझै बैंकको अध्यक्ष तोकेर पठाउने गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन आएपछि सरकारले सञ्चालक तोकेर पठाउन पाउँछ।

प्रक्रिया पुर्याउन अध्यक्ष भने सञ्चालक समितिले चयन गर्छ। बैकको संचालक समितिमा एक अधिकांस सरकारी निकायबाट प्रतिनिधित्व हुन्छ। बैंकका सीईओ किरणकुुमार श्रेष्ठ हुन भने संचालकमा धनीराम शर्मा, जनक बराल, डा राजनबहादुर पौडेल, डा माधवप्रसाद दाहाल र रोमिला ढकाल उप्रेती छन् ।

सम्बन्धित समाचार

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ भाद्र १८, ११: ३५

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ भाद्र १८, ११: ३५

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ भाद्र १८, ११: ३५

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...