भारतीय प्रधानमन्त्री मोदी र साउदीका युवराज तथा प्रधानमन्त्री सलमानसँग फोनवार्ता, के भयो कुरा ? – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

भारतीय प्रधानमन्त्री मोदी र साउदीका युवराज तथा प्रधानमन्त्री सलमानसँग फोनवार्ता, के भयो कुरा ?

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग पश्चिम एशियामा जारी द्वन्द्वबारे शनिबार टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री मोदीले उक्त वार्तामा क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूको भारतले निन्दा गरेको बताएका छन् ।

समुद्री मार्गको स्वतन्त्रता कायम राख्दै जलयात्रा सुरक्षित र खुला राख्नुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिए मोदीले सामाजिक सञ्जाल एक्समा बताएका छन् ।

मोदीले साउदी अरेबियामा बसोबास गरिरहेका भारतीय समुदायको हितका लागि निरन्तर सहयोग गरेकोमा युवराज मोहम्मद बिन सलमानलाई धन्यवाद पनि दिएका छन् ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेदेखि पश्चिम एसियामा तनाव छ । पश्चिम एसियाका विभिन्न देशमा युद्ध फैलिँदा तेल र ग्यास आपूर्तिमा गम्भीर असर परेको छ ।

सम्बन्धित समाचार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८२ चैत्र १५, १७: ०५

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०८२ चैत्र १५, १७: ०५

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८२ चैत्र १५, १७: ०५

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...