कर्णाली प्रदेशमा कांग्रेस, सुदूरमा एमालेको नेतृत्वमा नयाँ सरकार बन्दै – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

कर्णाली प्रदेशमा कांग्रेस, सुदूरमा एमालेको नेतृत्वमा नयाँ सरकार बन्दै

काठमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा प्रदेश सदस्य ५३ सिट मध्ये कांग्रेस सबैभन्दा ठूलो दल १८ सिट, एमालेमा ११, माओवादीका ११, उन्मुक्ति पार्टीका ७, समाजवादीमा ४ र राप्रपामा १ जना गरेर ५३ सिट रहेका छन् भने १ प्रदेश सांसद निलम्बन रहेको छ । कांग्रेस एमालेको गठबन्धन गरी सरकार बनाउन पुग्ने हुँदा कांग्रेस एमाले गठबन्धनबाट सरकार बन्ने सम्भावना छ ।

जस अनुसार वर्तमान मुख्य मन्त्री रहेका कमलबहादुर शाह आफ्नो क्षेत्रदेखि विवादित बन्दै गएपछि सरकारको नेतृत्व गर्ने १२ जनाले कमल बहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउन दस्तखत गरिसकेको बुझिएको छ । कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तनपछि सुदूरपश्चिमा चुनावी सभा समेत गर्न नदिएका देउवा पक्षीय नेताहरुले कैलालीमा भएको प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा देउवा पक्षीय अधिकांश नेताहरुको उपस्थितिले अब जहाँ रुख र चारतारे झण्डा त्यहाँ कांग्रेस भन्दै सुदूरपश्चिम सरकारमा नेतृत्व गरिरहेका मुख्यमन्त्रीदेखि मन्त्रीहरु एयरपोर्टमा गगन थापाको स्वागत गर्न पुगेका थिए । त्यसैगरी सुदूरपश्चिमका ९ जिल्लाका अधिकांश नेताहरु उक्त भेलामा सहभागी भएको कार्यक्रम संयोजन गरिरहेका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।

सुदूरपश्चिमका रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर र नारायणदत्त भट्ट बाहेक सुदूरपश्चिमी नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । विवादित मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पद बचाउन गगन थापाको नेतृत्व स्वीकार गरेर ८ वर्ष लानुपर्ने भन्दै कांग्रेस एक ढिक्का बनाउन आग्रह गरेका थिए । तर पनि विवादको भूमरीमा फस्दै गएका मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध १० जनाले हस्ताक्षर नै गरिसकेको र थप दुई जनाले हस्ताक्षर गरेर संसदीय दलमा बुझाउने तयारी रहेको हुँदा मुख्यमन्त्री रहेका कमलबहादुर शाह पदमुक्त हुने देखिन्छ । ततपश्चात एमालेका संसदीय दलका नेता राजेन्द्रबहादुर रावलको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बढेर गएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशमा पनि वर्तमान नेतृत्वकर्ता मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्व परिवर्तन गरेर पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी रहेको बुझिएको छ । जसअनुसार कर्णालीमा प्रदेश सदस्य ४० सिटमध्ये नेपाली कांग्रेसको १४, एमालेको १०, नेकपाको १४, राप्रपा १ र स्वतन्त्र १ रहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८३ बैशाख ३०, १५: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८३ बैशाख ३०, १५: ३६

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८३ बैशाख ३०, १५: ३६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...