भारतको सहयोगमा मनाङमा अस्पताल भवन निर्माण सुरु – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

भारतको सहयोगमा मनाङमा अस्पताल भवन निर्माण सुरु


काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा मनाङको नासोँ गाउँपालिका–५ मा अस्पताल भवन निर्माण हुने भएको छ । सो भवनको शुक्रबार शिलान्यास गरिएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गरेको राजदूतावासले जनाएको छ ।

भारत सरकारको करिब ५ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिन लागेको हो । परियोजना नासोँ गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए । नयाँ अस्पताल भवन निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिएको छ ।

भारतीय राजदूतावासले नेपाल र भारतबीच व्यापक तथा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपाल सरकारको विकास र समृद्धिको प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८३ जेष्ठ १६, ०७: ५८

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८३ जेष्ठ १६, ०७: ५८

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८३ जेष्ठ १६, ०७: ५८

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...