संसदीय दलको नेता छान्दै कांग्रेस – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

संसदीय दलको नेता छान्दै कांग्रेस

मुलुक संघीयतामा प्रवेश गरेसँगै दलहरुले पार्टीलाई संघीयता अनुरुप बदल्नु पर्ने भएको छ । केन्द्रमा भएका व्यवस्थाहरु अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको छ । विगतमा केन्द्रमा भएका संसदीय दलका नेता, सचेतक, प्रमुख सचेतक पदहरु अब प्रदेशमा विस्तार गर्नुपर्नेछ । यसैगरी प्रदेश प्रमुख, मुख्यमन्त्रि र विपक्षी दलका नेता दलहरुले चयन गर्नुपर्ने हुन्छ ।

यसका लागि दलहरुले गृहकार्य थालेका छन् । नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीयदलको नेता छनौट गर्नलाई केन्द्रिय प्रतिनिधि खटाएको छ । लगभग सबै प्रदेशमा सरकार बाहिर बस्ने निश्चित जस्तै भईसकेको कांग्रेसले प्रदेश संसदीय दलको नेता छनौट गर्नलाई लागिपरेको छ । कांग्रेसभित्र संसदीय दलको नेता बन्न तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । नेता बनाई दिन भन्दै गुट–उपगुटका आधारमा चलखेल भईरहेको स्रोतले जनाएको छ । पार्टीले प्रदेश नम्बर १ मा डा. मिनेन्द्र रिजाल, २ मा विमलेन्द्र निधिलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको छ ।

त्यसैगरी प्रदेश नम्बर ३ मा महालक्ष्मी उपाध्याय डिना, ४ मा गोविन्द भट्टराई, ५ मा बालकृष्ण खाड, ६ मा हृदयराम थानी र ७ मा एनपी साउदलाई खटाएको छ । संसदीय दलको नेतामा प्रदेश १ बाट केदार कार्की, हिमाल कार्की, शान्तदेवी पौडेल, विद्यानन्द चौधरी र राजिव कोईरालाको नाम चर्चामा छ भने सुनसरीबाट दुई २ पटक पार्टी सभापति समेत भईसकेको र अन्य नेता भन्दा सिनियर भएकाले पनि कोईरालाको संभावना प्रवल रहेको स्रोतले भन्यो ।

त्यसैगरी प्रदेश २ मा रामसरोज यादव, शिवचन्द्र चौधरी र ओमप्रकाश शर्मा संसदीयदलको नेता बन्ने दौडमा रहेका छन् । तर रामसरोज यदाव संसदीय दलको नेता बन्ने पक्कापक्की जस्तै भएको स्रोतले जनाएको छ । यसैगरी प्रदेश ३ मा इन्द्र बाँनिया, राधा घले, विजुला बर्मा र न्हुछे नारायण श्रेष्ठ लगायतको नाम चर्चामा छ । प्रदेश ४ मा कृष्णचन्द्र नेपाली, कुमार खड्का र मेखलाल श्रेष्ठले संसदीय दलको नेतामा आकांक्षा देखाएका छन् । प्रदेश ५ मा डिल्ली चौधरी, वीरेन्द्र कुमार कनौडीया र बलदेव शर्मा पोखरेल रहेका छन् । त्यसैगरी प्रदेश ६ मा केन्द्रिय सदस्य जीवनबहादुर शाही र दीनवन्धु श्रेष्ठ रहेका छन् ।

त्यस प्रदेशमा कांग्रेसबाट प्रदेशसभा सदस्यमा शाही मात्र प्रत्यक्षबाट निर्वाचित भएकाले पनि शाही पक्कापक्की जस्तै भएपनि श्रेष्ठले टक्कर दिन सक्ने आँकलन गरिएको छ । त्यसैगरी ७ मा कर्ण बहादुर मल्ल, रण बहादुर मल्ल र भरत बहादुर खड्काले संसदीय दलको नेतामा आकांक्षी देखाएका छन् ।

कांग्रेस स्रोतका अनुसार प्रदेश ३ मा इन्द्र बाँनिया, ४ मा कष्णचन्द्र नेपाली, ५ मा डिल्ली चौधरी र ६ मा जीवन बहादुर शाहीको संभावना रहेको स्रोतको दाबी छ । यसैगरी नेकपा एमालेलाई संसदीय दलको नेता छनौट गर्नलाई हम्मे हम्मे परेको छ । संसदीय दलको नेता नै मुख्यमन्त्रि हुने भएकाले पनि एमालेमा नेताहरुको दौडधुप बढेको छ । आफ्नो पक्षमा माहोल सिर्जना गर्न संसदीय दलका नेताका आकांक्षीहरु शीर्ष तथा प्रभावशाली नेताको घरदैलो धाइरहेका छन् । आकांक्षीहरुले पार्टीभित्रै गुटबन्दीलाई पनि तीव्रता दिएका छन् ।

संसदीय दलका नेताहरु नै मुख्यमन्त्री हुने भएपछि मुख्यमन्त्री पाएका दलभित्र आकांक्षीहरुबीच आन्तरिक प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।
मुख्यमन्त्री बन्नकै लागि गुट–उपगुट परिवर्तन गर्ने खेलसमेत भइरहेका छन् । एमालेले राष्ट्रियसभा निर्वाचनपछिमात्रै मुख्यमन्त्री छनोटको प्रक्रिया सुरु गर्ने र सहमति हुन नसके निर्वाचनको माध्यम छनोट गर्ने संस्थागत निर्णय गरिसकेको छ । निकै खर्चालु र महंगो भएता पनि प्रदेशसभाले संविधान कार्यान्वयन गराउन सकेकोमा सरकार मख्ख छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७४ माघ २२, ०९: ३२

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७४ माघ २२, ०९: ३२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७४ माघ २२, ०९: ३२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...