शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा


काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै पार्टीका गतिविधिदेखि संसद्मा प्रमुख प्रतिपक्षीको भूमिकासमेत प्रभावकारी ढंगबाट अगाडि बढाइरहेको छ।

कांग्रेसको नीति तथा प्रतिष्ठान विभागले तयार पारेको ‘ग्रिन टेबल’ नामक श्रृंखला प्रत्येक शुक्रबार सञ्चालन हुँदै आएको छ। जसमा मुलुकभित्रका सामाजिक, आर्थिक तथा राजनीतिक विषयमा सम्बन्धित विषयविज्ञहरूको सुझाव र सहभागीहरूको विचारलाई समावेश गरी भावी दिनका लागि रोडम्याप बनाउने रणनीति अपनाइएको छ। यसले नेपाली कांग्रेसको संगठन सुधार तीव्र रूपमा अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ।

पार्टी सभापति गगन कुमार थापाले यो श्रृंखला ध्यानपूर्वक सुनेर अन्त्यमा आफ्नो विचार राख्ने गरेका छन्। यो कार्यक्रम निकै प्रभावकारी भएकाले सहभागीहरूको उल्लेख्य उपस्थिति देखिन्छ।
त्यसैगरी, पार्टीका अन्य गतिविधिसँगसँगै वर्तमान संस्थापन इतर पक्षका नेताहरू भने पार्टीको नीति, नियम र विधान केही पनि मान्दैनौं भन्दै १४औँ महाधिवेशनका बाँकी १११ जना नेतालाई वर्तमान गगन–विश्वको कार्यसमितिले केन्द्रीय समितिमा नियुक्ति गरिदिनुपर्ने माग गर्दै चक्रपथ–चुन्देवीतर्फबाट पार्टी चोइट्याउने धम्की दिइरहेको दृश्य सामाजिक सञ्जालमा देखाइरहेका छन्।

जनसमर्थन र कार्यकर्ताविहीन, टाउको मात्र रहेको उक्त समूहको गन्तव्यहीन यात्रामा न हाँसो, न उत्साह, न त वर्तमान राजनीतिक अवस्थाप्रति चिन्तन नै। एकोहोरो आ–आफ्ना पदका लागि गरिरहेको बार्गेनिङ! तर पनि पार्टी सभापति थापाले वर्तमान पार्टीभित्रका असन्तुष्ट पक्षहरूसँग भेटघाट तथा छलफल गरिरहेको बताएका छन्।
शुक्रबार पार्टी कार्यालयमा बुद्धिजीवी एवं पेशाकर्मी, वरिष्ठ वकिल, इन्जिनियर, प्राध्यापक लगायत वरिष्ठ सञ्चारकर्मीहरूको सुझाव लिँदै पार्टीको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न आफू सबै नेताका घर–घरमा गएर छलफल गर्दै गर्दा उनीहरू सबैको घर आफूले देखेको, तर उनीहरूले आफ्नो घरचाहिँ नदेखेको बताएका छन्। उनले बुद्धिजीवीहरुलाई उनीहरुलाई बुझाइदिन पनि आग्रह गरे।

पार्टीको असन्तुष्टि मेटाउन आफू हदसम्म लचिलो भएको, पार्टीका नेताहरूलाई सम्मान गर्न कुनै कन्जुस्याइँ नगरेको तथा पार्टीको डिजिटल फोरम बलियो बनाउन लागिपरेकाले हाल सात लाख क्रियाशील सदस्यहरूको फोन नम्बर सहित क्रियाशील सदस्यता अद्यावधिक भइसकेकाले सबैलाई डिजिटल फोरमभित्र आउन आग्रह गरेको बताएका छन्।

उपस्थित सहभागीहरूले जेनजी आन्दोलनपछि पार्टीलाई सुधार गर्न आवश्यक रहेको र विशेष महाधिवेशनले दिएको सन्देशले नै पार्टीलाई जीवन्त राख्न सफल भएको बताएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदार नरसिंह केसीको अग्रसरतामा गरिएको बुद्धिजीवीहरूको भेलामा सबैको चासो र चिन्ताको विषय एउटै रहेको भन्दै वर्तमान राजनीतिक अवस्थामा कांग्रेसभित्रको एकता कायम गर्दै नवजवान युवाहरूलाई पार्टीभित्र समेटेर मजबुत कांग्रेस निर्माण गर्न सबै मिलेर जानुपर्ने बताएका छन्।

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ असार २७, ०७: ४७

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २७, ०७: ४७

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २७, ०७: ४७

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...