
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक जहाजमाथि आक्रमण गरेपछि गरिएको अमेरिकी दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले राज्य सञ्चारमाध्यममार्फत होर्मुज अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । साथै, उक्त जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरी स्वीकृत मार्गबाट विचलित भएपछि त्यसलाई उल्लंघनकारी ठहर गर्दै आक्रमण गरिएको दाबी गरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भने आईआरजीसीले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि स्पष्ट रूपमा आक्रमण गरेपछि यस साताभित्र तेस्रो चरणको हवाई आक्रमण सञ्चालन गरिएको जनाएको छ ।
यसअघि पनि यही साता तीन वटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसले अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमणको शृंखला सुरु भएको थियो ।
सेन्ट्रल कमान्डका अनुसार आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ, जसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन । साथै, जहाजमा रहेका एक सर्वसाधारण चालकदल सदस्य बेपत्ता रहेको पनि जनाइएको छ ।
‘व्यावसायिक जहाजहरूमाथि यसअघि भएका आक्रमणका लागि जवाफदेही बनाइएपछि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर प्रदान गरिएको थियो, तर ऊ फेरि पनि त्यसमा असफल भएको छ,’ सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।
रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...