
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्। ४४औं बी.पी. स्मृति दिवसको तयारीका क्रममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विशेष छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले बी.पी. कोइराला को ऐतिहासिक दृष्टिकोण स्मरण गर्दै नागरिकलाई सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले पनि रोक्न नसक्ने बताए। “पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका क्षेत्रमा गाडी तेस्र्याएर क्षति पुर्याउने अधिकार राज्यसँग हुँदैन,” उनले भने।
सभापति थापाले हालैका घटनाप्रति संकेत गर्दै सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाहपछि उठेका प्रश्नलाई दबाउन राज्यले यस्तो व्यवहार देखाएको दाबी गरे। उनले सुकुम्बासी समस्या दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको स्पष्ट पार्दै कानुनी समाधान खोज्नुको सट्टा सरकारले नै समस्या जटिल बनाएको आरोप लगाए। “राज्य नागरिकको अभिभावक बन्नुपर्नेमा मानव जीवनप्रति करुणाविहीन देखिएको छ,” उनले भने।
त्यस्तै, उनले आगामी कार्यक्रमबारे जानकारी दिँदै २०८३ साउन ६ गते ‘जरा अभियान’ सम्पन्न भएपछि साउन ७ गतेदेखि भदौ २४ सम्म नयाँ अभियान घोषणा गरिने बताए। कांग्रेस अब घटनापछि प्रतिक्रिया दिने मात्र नभई सम्भावित समस्यालाई पहिल्यै उजागर गर्ने अभियानमा केन्द्रित हुने उनले उल्लेख गरे।
कार्यक्रममा पार्टी उपसभापति विश्वप्रकाश शर्मा ले बी.पी. स्मृति दिवसका अवसरमा साउन ६ गते पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला तथा संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। जलवायु परिवर्तन र यसको प्रभावलाई केन्द्रमा राखेर कार्यक्रम गरिन लागिएको उनले बताए। साथै, साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने जानकारी पनि उनले दिए।
आजको छलफलमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका प्रतिनिधि, उपत्यकाका जिल्ला सभापतिहरू तथा प्रतिष्ठानका सदस्यहरूको उपस्थिति रहेको थियो।

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...