राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनु हुदैन : खनाल – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनु हुदैन : खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति जस्तो पदमा एकै व्यक्तिलाई दोहो¥याउन नहुने बताउनु भएको छ ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने चर्चा भइरहँदा खनाल त्यसको विपक्षमा उभिनु भएको छ ।
इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किनु भएका खनालले त्रिभुवन अन्तराष्ट्रय विमानस्थलमा भन्नुभयो ‘ठूला पदमा नदोहो¥याउनु नै राम्रो हुन्छ ।’
पार्टीले जिम्मा दिएमा आफू जुनसुकै जिम्मेवारीका लागि पनि तयार रहेको बताउनुभयो ।
‘पार्टीले मूल्यांकन गरेर जे जिम्मा दिन्छ त्यो जिम्मा त्यो लिएर अघि बढ्ने मान्छे हुँ म, अहिले पनि मूल्यांकन गरेर यो जिम्मेवारी लिनुपर्छ भन्छ भने त्यो लिएर अघि बढ्न म तयार छु’ उहाँले भन्नुभयो । तर आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि खनालले स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गर्नुभयो । उहाँले विचार र संगठनात्मक समस्या समाधान गर्न दुई पार्टीबीच छलफल भइरहेको जानकारी पनि दिनुभयो ।
वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने पनि बताउनुभयो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७४ माघ २३, ०९: १३

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७४ माघ २३, ०९: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७४ माघ २३, ०९: १३

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...