देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अपराध ४.३५ प्रतिशतले वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा ६१ हजार १६ मुद्दा दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ४७२ मुद्दा दर्ता भएका थिए । यस आधारमा एक वर्षमा दर्ता भएका मुद्दाको संख्या दुई हजार ५४४ ले बढेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले अघिल्लो वर्षको तुलनामा अपराध ४.३५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन् ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर ५६ हजार ३२३ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा उक्त संख्या बढेर ५९ हजार २०३ पुगेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा भने मुद्दा संख्या केही घटेर ५८ हजार ४७२ मा झरेको थियो । पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा पुनः बढेर ६१ हजार १६ पुगेको हो ।

यसरी चार आर्थिक वर्षको तथ्यांक हेर्दा बीचमा केही कमी देखिए पनि समग्रमा प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढ्दो क्रममा देखिएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय परम्परागत अपराधसँगै प्रविधि र वित्तीय कारोबारसँग जोडिएका अपराध बढेका छन् ।

विशेष गरी साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनामा वृद्धि देखिएको प्रहरीले जनाएको छ ।

डिजिटल प्रविधि र अनलाइन वित्तीय कारोबारको प्रयोग विस्तारसँगै अपराधको स्वरूपसमेत परिवर्तन हुँदै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०८३ श्रावण २२, २०: ३३

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...

एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
  • २०८३ श्रावण २२, २०: ३३

काठमाडौं : नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर...

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०८३ श्रावण २२, २०: ३३

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...